श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कांग्रेस, एमाले ढुक्क, माओवादी, एकीकृत समाजवादी धरमर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी अभियानमा जुटेका छन् । गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती रहेको एमालेले सत्ता गठबन्धनमा आबद्ध रहेका चार दल एकातिर हुँदा पनि आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम ल्याउने दाबी गर्दै आएको छ ।

तर, एमाले विभाजित भएकाले विगतकै विरासत धान्न नेकपा एकीकृत समाजवादी चुनौतीको रूपमा देखिएको छ । एमालेले ७ सय ५३ वटै स्थानीय तहमा चुनावी अभियान तीव्र रूपमा अघि बढाएको छ । एमालेका नेता शेरबहादुर तामाङले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गर्दै भन्नुभयो– ‘सत्तारूढ दलसँगै एमाले एक्लै चुनाव लड्न तयार छ, एमालेले स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति जनाउने क्षमता राख्दछ ।’

त्यसै गरी सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पनि कम्युनिस्ट पार्टी विभाजित भएको अवस्थामा आफ्नो दल स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने दाबी गरेको छ । विगतको भन्दा यसपटक स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति जनाउने गरी कांग्रेसले ‘घर–घर जाऔं’ भन्ने नारासहित एक महिने अभियान अघि बढाएको छ । कांग्रेस निर्वाचन जित्नेमा ढुक्क देखिएको छ ।

सत्ता गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जानुपर्नेमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रले जोड दिँदै आएको छ । तर, कांग्रेसभित्र संस्थापन पक्ष इतरका नेताहरू कुनै पनि हातलमा गठबन्धन निर्माण गर्न नहुने पक्षमा देखिएका छन् । कांग्रेसको संस्थापन पक्षले गठबन्धन अस्वीकार नगरे पनि चुनावी तालमेल नै गरेर जानुपर्ने पक्षमा पनि अभिव्यक्ति दिएको छैन । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका अन्य दललाई चिढ्याउने गरी अभिव्यक्ति नदिन निर्देशन दिए पनि कांग्रेसका नेताहरू चुनावी तालमेलको विपक्षमा सशक्त रूपमा उभिएका छन् ।

तर, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले भने चुनावी तालमेलको विषयमा सत्ता गठबन्धनभित्र आन्तरिक छलफल भइरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘पार्टीले सञ्चालन गरेको एक महिने अभियानको रिपोर्टको आधारमा कहाँकहाँ चुनावी गठबन्धन गर्ने भन्ने विषयमा टुंगो लाग्छ ।’कांग्रेस र एमाले स्थानीय तहको निर्वाचनमा ढुक्क देखिए पनि सत्तारूढ दल माओवादी केन्द्र र एकीकृत समाजवादी भने धरमरको अवस्थामा देखिएका छन् । चुनावी अभियान सञ्चालन गरेका दुवै दलले चुनावी तालमेलमा जोड दिए पनि कांग्रेसबाट सकारात्मक जवाफ पाएका छैनन् । माओवादीलाई विगतमा जितेको स्थानीय तहमा चुनाव जित्ने चुनौती रहेको छ भने एकीकृत समाजवादी नयाँ पार्टी भएकाले स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति जनाउनेमा चिन्तित रहेको छ ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य होम बुढाथोकीले सत्ता गठबन्धनको बीचमा चुनावी तोलमेल आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘मुद्दाको आधारमा गठबन्धन बनेको हो, स्थानीय तहको निर्वाचनमा पनि मिलेर अगाडि बढनुपर्छ भनेर हामीले भनिरहेका छौं ।’

सत्ता गठबन्धनका शीर्ष नेताहरू चुनावी तालमेल गर्ने पक्षमा रहेता पनि सहमति जुट्न सकिरहेको छैन । सत्ता गठबन्धनबीच ६ महानगरपालिका ११ वटा उपमहानगरपालिमा भने चुनावी तालमेल गर्ने विषयमा मोटामोटी सहमति भएको बताइएको छ । सत्ता गठबन्धनबीच कुन महानगरपालिका/उपमहानगरपालिका कसले लिने भन्ने विषयमा पार्टीभित्र आन्तरिक गृहकार्य शुरू भएको छ । – नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार