श्रावण ६, २०८२ मंगलबार July 22, 2025

पाँच दिनदेखि उठेन फोहोर, सरकार लाचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेका कारण पाँच दिनदेखि फेरि उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको छ।

ठेकेदारले मुद्ध-तीनपिप्ले खण्डको बाटो कालोपत्रे नगरेका कारण स्थानीयले फोहोर व्यवस्थापन ठप्प पारेका हुन् । पाँच दिनदेखि फोहोर उठ्न नसकेपछि हिजो मंगलबार र्‍यापिड एक्सन टास्क फोर्सको बैठक बसेको थियो।

काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ पौडेल संयोजक रहेको टास्क फोर्सको बैठकले तत्काल स्थानीयको माग सम्बोधन गर्न ठेकेदारलाई कालोपत्रे गर्न निर्देशन दिने निर्णय गरेको छ।

बैठकमा बोल्दै कार्यकारी अधिकृत पौडेलले दिनभर कालोपत्रे गरी रातिबाट फोहोर व्यवस्थापन गर्ने व्यवस्था मिलाउन प्रहरीलाई आग्रह गरिने बताउनुभयो। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका सिसडोल इन्चार्ज रविन प्यासीले स्थानीयसँग छलफल भइरहेको बताए। उनले भने- ‘मंगलबारबाट कालोपत्रे गर्ने सामान ल्याउन थालेको छ। सायद आजबाट लगातार काम हुनेछ।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार