श्रावण ६, २०८२ मंगलबार July 22, 2025

मन्त्रिपरिषद् पाँचौंपटक हेरफेर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले यसअघि गैरसांसद गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका थिए।

कांग्रेस नेता हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा (हाल निलम्बित) को सिफारिसमा मन्त्री बनाएको भन्दै आलोचना भएको थियो। आलोचना भएपछि मन्त्रीमा नियुक्त भएको २४ घण्टा पनि बित्न नपाउँदै हमालले राजीनामा दिएका थिए। त्यसपछि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा स्वयंले हेर्दै आएका थिए। कांग्रेस संस्थापन इतर समूहको सिफारिसमा कानुनमन्त्री भएका बडुलाई मन्त्रिपरिषद् विस्तारसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी तोकिएको हो।

यसअघि प्रधानमन्त्री देउवाले असार २९, साउन १०, असोज ६ र २२ गते मन्त्रिपरिषद् गठन, विस्तार र कार्यविभाजन गरेका थिए। कतिपय मन्त्रीको कार्यसम्पादनप्रति प्रधानमन्त्री देउवा असन्तुष्ट छन्। केही मन्त्रीको जिम्मेवारी खोस्ने र केही नयाँलाई सरकारमा ल्याउने पक्षमा रहेका देउवाले रक्षा मन्त्रालय आफैंले हेर्दै आएका छन्।

पार्टीको १४औं महाधिवेशनमा देउवा इतर समूहबाट महामन्त्रीको प्रत्यासी बनेका मीनेन्द्र रिजालले निर्वाचन परिणाम आफूअनुकूल नआएपछि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए। कानुनमन्त्रीका रूपमा बन्दीले शपथ लिएसँगै देउवा नेतृत्वको मन्त्रिपरिषद् २४ सदस्यीय बनेको छ। बडु र बन्दी दुवैले बिहीबारै जिम्मेवारी समालेका छन्। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार