श्रावण ६, २०८२ मंगलबार July 22, 2025

प्रदेश सरकारका तत्कालीन सचिवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहित चार जना र एक संस्थाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत उनीहरूले आपूर्तिकर्तासँग मिलेर भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

उनीहरुविरुद्ध कृषि यान्त्रिकीकरण कार्यक्रममा मिनी टिलरको झुट्ठा बिल भरपाइ बनाइ दोहोरो बिलको भुक्तानी लिने र दिने कार्य गरेको, त्यसैगरी सम्झौता अनुसारको इन्जिन क्षमताको मिनीटिलर खरिद नगरी कम इन्जिन क्षमताको मिनीटिलर खरिद गर्ने गराउने कार्य गरी प्रदेश सरकारलाई गैरकानुनी हानि पु¥याएको भन्दै भन्दै उजुरी परेको थियो ।

तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन नगरी भुक्तानी दिँदा टिप्पणी सदर गरी सातवटा मिनीटिलरको ६ लाख २२ हजार ५ सय रुपैयाँबराबरको झुट्ठा बिल भरपाई बनाइ दोहोरो भुक्तानी लिएको पाइएपछि आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मन्त्रालयका तत्कालीन महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषिप्रसार अधिकृत मुकेश राम्जाली र आधुनिक कृषि किसान संस्था प्रालिका प्रबन्ध निर्देशक राजाराम तिवारीविरुद्ध अभियोगपत्र दर्ता भएको छ । मन्त्रालयका तीन कर्मचारीविरुद्ध ३७ लाख १५ हजार बिगो माग गरिएको छ भने आपूर्तिकर्ता संस्था र त्यसका प्रबन्ध निर्देशकविरुद्ध ४३ लाख ३७ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार