श्रावण ७, २०८२ बुधबार July 23, 2025

बन्दसूचीबाट नाम हटाउन दलकै निर्णय आवश्यक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ नाम भई स्थानीय तहमा उम्मेदवार हुन चाहने व्यक्तिको नाम बन्दसूचीबाट हटाउन तीन दिनको समयसीमा तोकेको छ । आयोगले वैशाख १० गतेभित्र उक्त सूचीबाट नाम फिर्ता लिन राजनीतिक दलहरूलाई समयसीमा तोकेको हो ।

स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुनेछ । २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूचीमा नाम रहेका उम्मेदवारको नाम स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता अगावै फिर्ता लिनुपर्नेछ ।

कानुन बमोजिम बन्दसूचीमा बुझाइएका उम्मेदवारको नाम प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालभर कायम रहनेछ । साथै सूचीमा रहेका व्यक्तिको नाम फिर्ता नभएसम्म एउटै व्यक्ति एकभन्दा बढी निर्वाचनमा भाग लिन नपाउने व्यवस्था छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले व्यक्ति स्वयंले बन्दसूचीबाट नाम हटाउन आयोग समक्ष निवेदन दिएको जानकारी दिनुभएको छ । उहाँले ऐन बमोजिम व्यक्तिको माग बमोजिम बन्दसूचीबाट नाम हटाउन नमिल्ने भएकाले स्थानीय निर्वाचनमा उम्मेदवार हुन चाहेमा बन्दसूचीमा मनोनयन गर्ने राजनीतिक दलले निर्णय गरी नाम हटाउन आयोग समक्ष निवेदन दिनुपर्ने प्रस्ट्याउनुभयो ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया