श्रावण ६, २०८२ मंगलबार July 22, 2025

राष्ट्रिय अनुसन्धानमा एआइजीसहितका पद रिक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय अनुसन्धान विभागमा चुनावको मुखमा उच्च तहकै पद रिक्त भएका छन् । अनुसन्धानमा महिनौँदेखि सिनियर पद रिक्त हुँदा पनि बढुवा हुन सकेको छैन ।

विभागमा मुख्य अतिरिक्त अनुसन्धान निर्देशक (एआइजी)को पदसमेत रिक्त भएको छ । यादव रेग्मीले शनिबारबाट अनिवार्य अवकाश पाएपछि सो पद रिक्त भएको हो । विभागमा एआइजीको एउटा मात्र दरबन्दी छ । चुनावको मुखमा त्यो पद पनि रिक्त हुँदा तत्काल पदपूर्ति नभए कामकारबाही प्रभावित हुने अवस्था छ ।

रिक्त हुने पदमा सात अनुसन्धान निर्देशक (डिआइजी)बीच प्रतिस्पर्धा छ । वरिष्ठताका आधारमा अनुसन्धान निर्देशक (डिआइजी) हुतराज थापा पहिलो नम्बरमा भएकाले उनी बढुवाका बलिया दाबेदार हुन् । उनीसँगै हरिहर पौडेल, ओम जोशी, कुलदेव थापा, टेकेन्द्र कार्की, सुनील ढकाल, सुमन वैद्य, मधु कार्कीलगायत प्रतिस्पर्धामा छन् । अहिले बढुवा हुने डिआइजी भदौमा विभागको प्रमुख हुने भएकाले पेचिलो बन्न पुगेको छ । ‘विभागलाई सक्षम नेतृत्वको खाँचो छ,’ एक अधिकारी भन्छन्, ‘तर, बढुवाको चलखेल हेर्दा समक्षभन्दा पनि नेताको मान्छे आउने जोखिम देखिएको छ ।’

विभागमा एआइजीको दरबन्दी पटक–पटक थपघट हुँदै आएको छ । चार वर्षअघि तीनवटा दरबन्दी थियो । केपी ओली सरकारले एउटा मात्र राख्ने निर्णय गरेको थियो । पछि त्यसलाई अदालतले रोक लगाएको थियो ।

त्यस्तै, विभागमा एसपी र डिएसपी पद महिनौँदेखि रिक्त छन् । बढुवाका आकांक्षी धेरै, तर रिक्त पद थोरै हुँदा बढुवा हुन नसकेको स्रोत बताउँछ । समयमा बढुवा नहुँदा विभागमा वृत्ति विकास प्रभावित बनेको छ । ३० वर्षे सेवाहद हटाएपछि बढुवामा समेत ढिला हुँदा कर्मचारीको मनोबल खस्किएको एक अधिकारी बताउँछन् । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार