श्रावण ७, २०८२ बुधबार July 23, 2025

गठबन्धनले फेरियो राजनीति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा गठबन्धनले यहाँको राजनीति नै फेरिदिएको छ।

विगत २४ वर्षदेखि राजनीतिमा लागेका नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एवं पलाँता गाउँकमिटिका इन्चार्ज अनन्त विश्वकर्मा (राजेश)लाई गाउँकमिटीको बहुमतले गरेको निर्णय अवेज्ञा गरी गठबन्धनले माओवादी केन्द्रका र्अका नेतालाई टिकट दिदा यहाँको राजनीति नै फेरिएको हो।

गठबन्धन दलले गरेको निर्णय आफ्नो हितमा नभएको भन्दै पलाँताको वडा कमिटीका अध्यक्षसहित ७५ जना एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले गाउँपालिकाको अध्यक्षको उमेरदवारी अनन्त विश्वकर्मा (राजेश)लाई दिँदा पलाँता गाउँपालिकाको वडानं.४ ,७ र ९ मा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिने व्यक्तिसमेत पाइएका छैनन्।

माओवादी केन्द्रको पकेट क्षेत्र रहेको पलाँतामा २०७४ सालको स्थानिय तहको चुनावमा ६ वटा वडामा माओवादीले जितेको थियो भने १ वडा नेपाली कांग्रेसले जितेको थियो। गठबन्धनले गरेको निणर्यले आफूलाई पटकपटक जिम्मेवारी खोस्दै आएकोले माओवादीबाट आफ्नो भविष्य सुरक्षित हुने नदेखेर एमालेमा प्रवेश गरेको राजेशले बताए । जिल्लाको खाँडाचक्र नगरपालिका वडानं. ११ का कांग्रेसका वडा सदस्य निल तिरुवासहित ३५ जनाले पनि एमाले रोजेका छन्।

यस्तै जिल्लाको शुभकालिका गाउँपालिकामा पनि ४० जना एमालेमा प्रवेश गरेका छन्। यस्तै जिल्लामा गठबन्धनका लागि केन्द्रको गरेको निर्णय नमान्ने भएको छ। बुधबार कालिकोटको पाँच दलीय गठबन्धनको बैठकले बसी यस्तो निर्णय गरेको हो। बैठकले एमालेबाहेक गठबन्धनसँग मित्रवत् तालमेल गर्नसक्ने वा एक्लाएक्लै चुनाव लड्न सक्ने निर्णय गरेको छ। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया