श्रावण ७, २०८२ बुधबार July 23, 2025

सरकारद्धारा १० प्रकारका विलासिता सामान आयातमा प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उच्च व्यापार घाटा र विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले विलासिताका सामान आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्र प्रकाशित गरेर १० विलासीका वस्तु आयातमा रोक लगाएको हो ।

आयातमा कडाइ गर्ने अभियानमा जुटेको सरकारले मोबाइल, मोटरसाइकल विदेशी खाद्यान्नलगायत १० प्रकारका सामान नेपाल भित्यारउन नपाउनेगरी प्रतिबन्ध लगाएको हो ।

राजपत्रमा प्रकाशित विवरणअनुसार आगामी असार मसान्तसम्मका लागि भन्दै आयातमा प्रतिबन्ध लगाइएका सामानहरूमा कुरकुरे, कुरमुरे, लेज, चिजबलजस्ता प्याकेजिङ जंक फुड (पत्रु खाना) रहेका छन् । यसैगरी स्वास्थ्यलाई हानि पु¥याउने सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीको आयातमा पनि प्रतिबन्ध लगाइएको छ । यद्यपि, सुर्तीजन्य वस्तुका कच्चा पदार्थ ल्याउन भने छुट दिइएको छ ।

यसमा १२ प्रतिशतभन्दा कम अल्कोहोल भएको वियरको आयातलाई भने छुट दिइएको छ । राजपत्रअनुसार विदेशी रक्सी र वाइनमाथि पूर्ण रूपमा आयात गर्न पाउने हुन्छ । सबैखाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध भने तापनि राजपत्रमा सिगार, चेरुट, सिगारिलोसजस्ता सुर्तीजन्य पदार्थको एचएस कोड उल्लेख नगरिएकाले यी पदार्थको आयात खुला रहेको देखिन्छ । यसैगरी, बिडी, पाइप टोबाको, जर्दा, खैनी, गुट्खा आयातमा पनि प्रतिबन्ध लगाइएको छैन ।

हिरा र मोबाइल सेट ल्याउन पनि प्रतिबन्ध लगाइएको छ । हिराको औद्योगिक कच्चा पदार्थ भने ल्याउन प्रतिबन्ध लगाइएको छैन । सरकारले आगामी असार मसान्तसम्मका लागि ६० हजारभन्दा बढी मूल्यका मोबाइल, २ सय ५० सीसीमाथिका मोटरसाइकल, गाडी, खेलौनामा रोक लगाएको छ ।

आयात बढेर विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि राष्ट्र बैंक, अर्थ मन्त्रालयलगायतको सल्लाह सुझावमा यी वस्तुहरूमाथि प्रतिबन्ध लगाइएको हो ।

भन्सार विभागका अनुसार चैतसम्म १४ खर्ब ६६ अर्ब रुपैयाँको आयात भएको छ । चैतमा १ महिनामै १ खर्ब ५७ अर्ब रुपैयाँको आयात भएको विभागको तथ्यांक छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३१.९७ प्रतिशत बढी हो ।

सरकारले ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यान (एम्बुलेन्स र शववाहनबाहेक) र खेल्ने तास आयातमाथि पनि प्रतिबन्ध लगाएको छ । नौ महिनामै ९८ लाख ८ हजार तास आयात भएपछि झस्केको सरकारले तासको आयात रोकेको छ । गत साउनदेखि चैतसम्म मात्रै नेपालमा १९ करोड ५५ लाख १० हजार रुपैयाँको तास आयात भएको छ । नौ महिनाको अवधिमा तासबाट मात्रै सरकारले १० करोड २६ लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो ।

मासिक रूपमा १५ अर्बसम्मको सवारीसाधनको आयात भइरहेको परिस्थितिलाई नियन्त्रण गर्न बढी तेल खाने र महँगा गाडी आयातमा प्रतिबन्ध लगाइएको भनाइ सरकारको छ । यसले पछि पेट्रोलको माग घटाउने दाबी गरिएको छ ।

विदेशी मुद्राको आम्दानी र खर्चबीच सन्तुलन कायम गर्न सरकारले केही कालका लागि यो कदम चालेको बताइएको छ ।

आयातमा कडाइ गरेका केही वस्तु नेपालमै उत्पादन हुने भएकाले बजारमा खासै समस्या उत्पन्न नहुने अनुमान गर्दै सरकारले यो कदम चालेको बताइएको छ । कुरकुरे, कुरमुरे, चुरोट, मदिरा नेपालमा नै उत्पादन हुने भएकाले आयात प्रतिबन्धबाट खासै प्रभाव पर्दैन ।

सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० विलासीका वस्तु आयातमा रोक लगाएको हो ।

सरकारले आयात रोकेका १० सामग्रीको सूची

१. कुरकुरे, लेज र चिजबलजस्ता उत्पादन
२. सबै प्रकारका तयारी मदिरा (वियर र कच्चा पदार्थबाहेक)
३. चुरोट तथा सूर्तिजन्य वस्तु (खैनी र कच्चा पदार्थबाहेक)
४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)
५. ६ सय अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट
६. बत्तीस इन्चभन्दा माथिका रंगीन टेलिभिजन
७. जिप, कार र भ्यान (एम्बुलेन्स र शव वाहनबाहेक)
८. २ सय ५० सीसीभन्दा धेरै क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौना
१०. खेल्ने तास

राजपत्रसँगै मौखिक निर्देशन कार्यान्वयन नहुने

गत माघ २७ गते मौखिक रूपमा विलासिताका सामान आयातमा प्रतिबन्ध लगाउँदै एलसी खोल्नमा कडाइ गरेको निर्देशन अब उप्रान्त लागू नहुने भएको छ । नेपाल राष्ट्र बैंकले ४७ वटा हार्मोनिक कोडबाट सुरु हुने ३ सयभन्दा बढी वस्तुको एलसी नखोल्न मौखिक निर्देश्न दिएको थियो ।

राजपत्रमा सोको जिकिर नगरिएका कारण बैंकहरूमाथि एलसी खोल्न रोक नहुने भएको छ ।

आयात रोक्न नेपाल राष्ट्र बैंकले ४० वटा विलासिता तथा स्वदेशमा उत्पादन हुने वस्तुमा यसअघि नै भन्सारदर शतप्रतिशत बढाएको छ । अन्य ६ वस्तुको आयातमा ५० प्रतिशत मार्जिनको व्यवस्था छ । यसो गर्दा पनि आयात उच्च नै छ । राजधानीबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार