श्रावण ७, २०८२ बुधबार July 23, 2025

स्वतन्त्र उम्मेदवारी धेरै परेका स्थानीय तहका लागि फेरि मतपत्र छाप्ने आयोगको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ ।

केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि छापिएको मतपत्रअनुसार उम्मेदवारलाई चुनाव चिह्न दिन नपुग्ने देखिएको छ।

जसले गर्दा आयोगले स्वतन्त्र उम्मेदवारी धेरै परेका स्थानीय तहका लागि फेरि मतपत्र छाप्ने तयारी गरेको छ।

शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनेको सङ्ख्यालाई समेत ध्यान दिई आयोगले यसअघि छापिएको मतपत्रमा चिह्न अपुग हुने पालिकाका लागि मात्र फेरि मतपत्र छाप्ने तयारी गरेको हो । आयोग स्रोतले भन्यो, ुकेही पालिकामा अनुमानभन्दा धेरैको उम्मेदवारी परेको छ।

त्यसले गर्दा छापिएको मतपत्रमा समावेश गरिएको चिह्नले मात्र सबै उम्मेदवारलाई नपुग्ने देखिएको छ।

अपुग हुने पालिकाको सङ्ख्या यकिन गरेर शनिबार वा आइतबार नयाँ व्यवस्था गर्दैछौं।ु उम्मेदवारलाई शनिबार चिह्न प्रदान गर्ने कार्यक्रम आयोगको छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार