श्रावण ८, २०८२ बिहिबार July 24, 2025

निर्वाचन आचारसंहिता विपरीत माओवादी केन्द्रको रक्षा दल (भी-फोर्स) गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आचारसंहिताविपरीत सिन्धुपाल्चोकमा नेकपा एकीकृत माओवादी केन्द्रले मतदाता रक्षा दल (भी–फोर्स) गठन गरेको छ ।

एक बुथ २५ युथ अवधारणासहित प्रत्येक पालिका र वडामा मतदाता रक्षा दल गठन गरिएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले जानकारी दिए ।
जिल्लाभर चार हजारभन्दा बढी भी–फोर्समा युवा सङ्गठित भएका छन् । मतदाताको सुरक्षा गर्ने, मतदातालाई सहजीकरण गर्ने र स्वयंसेवकको भूमिका निर्वाह गर्न मतदाता रक्षा दल गठन गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य माधवप्रसाद सापकोटाले जानकारी दिए ।

उनले भी–फोर्स केन्द्रीय तहबाट आएको निर्देशन र निर्णय नभई जिल्लाकै निर्णय भएको बताए । युवा जमात वाईसीएल सङ्गठनलाई सक्रिय र गतिशील बनाउन भी–फोर्स गठन गरिएको उनको भनाइ छ । निर्वाचन आचारसंहिताले कुनै पनि दलले यस्ता दस्ता निर्माण गर्न रोक लगाएको छ तर माओवादी केन्द्रले भी–फोर्स गठन गरेर आचारसंहिता अटेर गरेको छ ।

यस्तै सिन्धुपाल्चोकमा नेकपा एमाले, नेपाली काँग्रेस, एमाओवादी केन्द्र, राप्रपा, समाजवादी र अन्य दलले निर्वाचन आचारसंहिता र मापदण्डविपरीत तुल, ब्यानर, भित्तेलेखन, टिसर्ट, ज्याकेट, टोपी, झन्डा प्रचारप्रसारमा प्रयोग गरिरहेका छन् । जिल्ला निर्वाचन अधिकृत विकास रिजालले सबै दललाई निर्वाचन आचारसंहिताविपरीतका काम तत्काल रोक्न निर्देशन दिएको बताए । गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार