श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

विप्लव नेतृत्वको नेकपा विभाजन, धर्मेन्द्रको नेतृत्वमा नेकपा (जनमत) गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । विप्लवसँग असन्तुष्ट पक्षले धमेन्द्र बास्तोलाको नेतृत्वमा नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) गठन गरेको छ ।

तीन दिनसम्म गरेको भेलाले पार्टी नाम परिवर्तन गरि नवौं महाधिवेशन आयोजक समिति गठन गरेको छ । चितवनमा भएको विशेष राष्ट्रिय भेलाले धर्मेन्द्रको संयोजकत्वमा ८१ सदस्यीय नवौं महाधिवेशन आयोजक समितिको गठन गरेको केन्द्रीय सदस्य पूर्णबहादुर सिंहले जानकारी दिए ।

भेलाले राजनीतिक दस्तावेजसमेत पारित गरेको छ । नव गठित पार्टी नेकपा (बहुमत)ले वैज्ञानिक समाजवादको रणनीतिक लक्ष्य राखेको छ भने समाजवादी क्रान्तिको कार्यदिशा तयार पारेको सिंहले बताए । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया