श्रावण ८, २०८२ बिहिबार July 24, 2025

मतदानका दिन सवारीसाधन नचल्ने, उम्मेदवार र प्रतिनिधिले पास लिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंःआगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ । उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिकाले समेत मतदानको दिन सवारीसाधन सञ्चालनका लागि सवारी अनुमतिपत्र अनिवार्य लिनुपर्ने भएको छ ।

आन्तरिक उडान पनि बन्द

मतदानका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान मात्र खुला हुनेछ भने आन्तरिक उडानसमेत बन्द गरिने भएको छ ।

‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिन सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड’मा उम्मेदवार तथा अन्य निकाय वा संस्थाले समेत सवारीसाधन सञ्चालनका लागि मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । सवारीसाधनका लागि वितरण गरिने अनुमपतिपत्र र त्यसको अनुगमनका लागि सहसचिवको नेतृत्वमा समितिसमेत बनाइने भएको छ ।

मानवीय उद्धार तथा सहायतामा प्रयोग गरिने सवारीसाधनको हकमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमति लिई सवारीसाधन प्रयोग गर्न सकिने मापदण्डमा उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूका हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको सहजीकरणको जिम्मा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

यस्तै, आफैं हिँड्डुल गर्न नसक्ने अशक्त व्यक्तिका लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र त्रिभुवन विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको सहजीकरण मिलाउने जिम्मा पनि जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।

अत्यावश्यक क्षेत्रलाई पास नचाहिने

निर्वाचनका दिन अत्यावश्यक क्षेत्रका लागि भने पास अनिवार्य गरिएको छैन । मापदण्डको बुुँदा नम्बर आठमा एम्बुलेन्स, खानेपानीको ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटका सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारीसाधनको हकमा सवारी अनुमतिपत्र लिन नपर्ने उल्लेख छ ।

मतदानको दिन कसैले मापदण्डविपरित सवारीसाधन प्रयोग गरे सवारीसाधन कब्जामा लिने आयोगले जनाएको छ । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार