श्रावण ८, २०८२ बिहिबार July 24, 2025

एमालेमा भुईंचालोः रामवीरले मानन्धरले किन गरे प्रकाशमान र सिर्जनासँग गोप्य वार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एमाले नेता तथा पूर्वमन्त्री रामवीर मानन्धरले काँग्रेस नेता प्रकाशमान र उनकी श्रीमती तथा काठमाडौं महानगरपालिकामा गठबन्धन दलहरुको तर्फबाट मेयर उम्मेदवार सिर्जना सिंहसँग गोप्य वार्ता गरेका छन् । रामवीरले हिजो साँझ ठमेलको एउटा होटलमा गोप्य भेटवार्ता गरेका हुन् ।

सिंह दम्पत्तिसँग भलाकुसारी गर्न रामवीर साँझ पौने ७ बजे अमृत साइन्स क्याम्पस पछाडिको होटल अलफ्टमा पुगेका हुन् । उनीहरु तीन जनाबीच स्थानीय तहको निर्वाचनबारे एक घण्टाबढी समय गोप्य कुराकानी भएको हो ।

सिंह दम्पत्ति रामवीर पुग्नु अगावै होटलमा पुगेका थिए । रामवीर पौने ७ बजेदेखि ७ बजेको समयमा होटलभित्र छिरेका हुन् । भेटघाटपछि मानन्धर राति ८ बजेको हाराहारीमा निस्केको स्रोतको दाबी छ ।

एमालेको तर्फबाट मेयर उम्मेदवारमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल उठेका छन् । यसअघि मेयरको निम्ति एमाले जिल्ला कमिटीले वर्तमान मेयर विद्यासुन्दर शाक्यसहित स्थापित र रामवीरको नाम सिफारिस गरेको थियो । मेयरमा शाक्यपछि आफ्नो पल्ला भारी भएको अनुमान गरेका मानन्धरले स्थापितले टिकट प्राप्त गरेपछि ‘नसोचेको’ भयो भन्दै हिँडेका थिए ।

एमाले र तत्कालीन नेकपाभित्रको अन्तरविरोधको मौका छोपेर शहरी विकास राज्यमन्त्री बनेका मानन्धरको चाहना पछिल्लो समयमा काठमाडौंको मेयर हुने थियो । यसअघि उनी पटक पटक १६ नम्बर वडाको वडाध्यक्ष भएका थिए । अहिले साे क्षेत्रका सांसद हुन् ।

बालाजु बाइपास घर भएका रामवीरलाई सो क्षेत्रमा सडक बिस्तार गर्ने नाममा आफ्नो घर जोगाएर स्थानीयको घर भत्काएको आरोप लाग्दै आएको छ । उनी अष्टनारायण फिल्म हलका मालिक पनि हुन् । जनआस्था

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार