श्रावण ८, २०८२ बिहिबार July 24, 2025

फोहोर टेक्दै मत खसाल्नु पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका मतदाताहरूले काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरकै बीच मत खसाल्नुपर्ने अवस्था आएको छ । निर्वाचन मिति नजिकिँदासमेत फोहोर उठाउन उचित पहल नभएकाले यो अवस्था आएको हो ।

त्यसो त उम्मेदवारहरूले फाहोरकै बीच मत मागिरहेका थिए । सुशासन, समृद्धि र विकास निर्माणको नारा दिने त्यस्ता उम्मेदवार यसअघि २०७४ सालको निर्वाचनमा विजयी जनप्रतिनिधि भएको पार्टीमा समेत आबद्ध छन् । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उठेका विद्यासुन्दर शाक्य प्रमुख र नेपाली कांग्रेसका तर्फबाट हरिप्रभा खड्गी (श्रेष्ठ) उपप्रमुख पदमा विजयी भएका थिए ।

अहिले एमालेबाट प्रमुखमा केशव स्थापित र कांग्रेसबाट सिर्जना सिंहले उम्मेदवारी दिएर भोट माग्दै हिँडिरहेका छन् । उनीहरूलगायत महानगरपालिकाका सबै उम्मेदवारले फोहोर व्यवपस्थापनलाई मुख्य चुनावी नारामा समेत अघि सारेको पाइएको छ ।

पाँच वर्ष आफ्नै पार्टीका जनप्रतिनिधिले महानगरको नेतृत्व सम्हाल्दै गर्दा निर्वाचनको मुखमा भने उनै उम्मेदवार फोहोरको गन्धका कारण नाक थुन्दै भोट माग्नुपर्ने स्थिति आएको छ । काठमाडौं महानगरपालिकाले भने संघीय सरकारले पासाङल्हामु राजमार्गमा समयमा नै सडक मर्मत नगर्दा स्थानीयले सडक अवरोध गर्दा समस्या आएकाले यसको जिम्मेवारी महानगरपालिका नरहेको जनाउने गरेको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार