श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

भ्यु टावरलाई बजेट नदिने सरकारको नीति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले आगामी आर्थिक वर्षको बजेटमा भ्यु टावरका बजेट कटौती गर्ने नीति लिएको छ । विकास निर्माणको नाममा छुट्याइएको बजेट भ्युटावर, स्वागतद्वार, सभाहलजस्ता क्षेत्रमा खर्च भएपछि सरकारले यसमा कडाइ गर्ने नीति लिएको हो ।

सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्युटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको हो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्युटावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताइन् । अहिलेको आवश्यकता सडक तथा पूर्वाधार निर्माण भए पनि भ्युटावरहरूमा बजेट खर्च भएको भन्दै अब बजेट नथपिने उनको भनाइ छ ।

मन्त्री झाक्रीले सञ्चालनको मापदण्ड नभएको र असिमित दायित्व सिर्जना गर्ने भएकाले भ्युटावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने बताएकी छन् ।

‘आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्युटावर र सभाहल निर्माणको कार्यक्रमबाट बाहिरिन्छौं । राज्यको असिमित दायित्व सिर्जना हुने यस्ता संरचनाले जनजीवनसँग अर्थ राख्दैनन् । अर्को कुरा यसको सञ्चालनको मोडालिटीसमेत छैन,’ उनले भनिन् । -राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिरिज गुमाए पनि अन्तिम खेलमा पाकिस्तानको धमाकेदार जित
२०८२ श्रावण ९, शुक्रबार
आजको मौसम : देशभर साधारणतया बदली रहने, तर मनसुनी वायुको प्रभाव कमजोर
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार