श्रावण ८, २०८२ बिहिबार July 24, 2025

सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा हुने मृत्युदर कम गर्न अति उच्च उचाइको वातावरणसम्बन्धी अध्ययन सुरु भएको छ।

सगरमाथा आरोहण गर्ने क्रममा विभिन्न उचाइका स्थानमा आरोहीको मृत्यु हुन थालेपछि चीनले सगरमाथामा ती स्थानको बरफ र हिउँको नमुना सङ्कलन गरी अध्ययन र अनुसन्धान गर्न थालेको हो।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यस अध्ययनले अति उच्च उचाइको वातावरणले मानिसको शरीरमा पार्ने प्रभाव र उक्त प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे तथ्य सार्वजनिक गर्ने विश्वास गरिएको छ।

सङ्कलित नमुनाको तिब्बतको ल्हासास्थित एक अनुसन्धान संस्थामा अध्ययन गरिनेछ । नेपाल-चीन सीमा क्षेत्रमा अवस्थित सगरमाथा क्षेत्रको वातावरण विश्लेषणका लागि चिनियाँ वैज्ञानिक टोलीले सङ्कलन गरेका नौ सिलिन्डर बरफ र हिउँको नमुना ल्हासास्थित चाइनिज एकेडेमी अफ साइन्सेजमा अध्ययन गर्न थालिएको छ।

फरक-फरक तीनवटा नमूना सगरमाथाको चुचुरोबाट सङ्कलन गरिएका हुन् भने बाँकी छ नमुना सात हजार २८ मिटरको उचाइबाट लिइएको चाइना मिडिया समूहले उल्लेख गरेको छ।

हिमाल आरोहणको क्षेत्रमा संसारको सबैभन्दा उच्च भूभागबाट यसरी नमुना लिएर अध्ययन गर्न थालिएको पहिलो पटक हो। १३ सदस्यीय आरोहण दलले गत साता सगरमाथाको सफल आरोहण गरी ती नमुना संकलन गरेको चिनियाँ सञ्चार संस्थाले जनाएको छ। सङ्कलित सबै नमुना तिब्बत पठारभूमि अनुसन्धान केन्द्रको आइस कोर बैङ्कमा भण्डार गरिएको छ। गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा
२०८२ श्रावण ८, बिहिबार
विदेशी मुद्राको आजको विनिमय दर : डलर १३८, युरो १६२, पाउण्ड १८७
२०८२ श्रावण ८, बिहिबार
तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
कम्पनी रजिस्टार कार्यालयमा खुलेआम घुस
२०८२ श्रावण ८, बिहिबार
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार