श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा कांग्रेसलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्थानीय तहको देशैभरि निर्वाचन सम्पन्न भएर मतगणना जारी छ । प्रारम्भिक मतपरिणामअनुसार कम्युनिस्ट पार्टी र मधेसवादी दल विभाजन हुनुको फाइदा नेपाली कांग्रेसलाई भएको छ ।

गत २०७४ को स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार कम्युनिस्ट पार्टी र मधेसवादी दलको अवस्था बलियो थियो । तर, २०७९ मा भएको स्थानीय तहको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसको अवस्था बलियो भएको देखिन्छ ।

प्रारम्भिक मतपरिणामअनुसार कांग्रेस सबैभन्दा ठूलो देखिन्छ । कांग्रेसभन्दा बलियो रहेको एमाले यो स्थानीय तह निर्वाचनबाट धेरै कमजोर बन्ने देखिन्छ । कम्युनिस्ट पार्टी विभाजन हुनुको प्रभाव मतपरिणाममा समेत देखिन्छ । यस्तै, मधेसवादी दल विभाजनको प्रभावसमेत सो दलमा परेको छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी गठन भएपछि त्यसको प्रभाव मतपरिणाममा समेत देखिन्छ । नेकपा हुँदा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सबै ठाउँमा सबैभन्दा ठूलो रहेको थियो । तर, नेकपा विभाजन भएर तीन छुट्टाछुट्टै पार्टी गठन भएपछि त्यसको प्रभाव मतपरिणाममा समेत देखिएको राजनीतिक विश्लेषक कृष्ण पोखरेलले बताए ।आजको राजधानी दैनिकमा समाचार छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार