श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

नयाँ दललाई फापेको स्थानीय निर्वाचन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् ।

पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित परिणाम र तिनीहरूले लिएको अग्रताबाट पुष्टि भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी एमालेबाट अलग भई पार्टी गठनको आठ महिनामा नै नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेपाल सुशासन पार्टीलगायतले जनताको सम्मानजनक मत पाएका छन् ।

निर्वाचनको सधैँ विरोध गर्दै आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी समेतले पहिलो पटक निर्वाचनमा सहभागी भएर केही वडामा जितेको छ । मतगणना जारी रहेकामध्ये पोखरा महानगरपालिकासहित छ स्थानीय तहमा एकीकृत समाजवादीले अग्रता कायम गरिरहेको छ ।

मतगणना सम्पन्न भएका १७ स्थानीय तहको उपप्रमुखमा समेत एकीकृत समाजवादीले जित हासिल गरेको छ । -गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डलरदेखि दिनारसम्म : राष्ट्र बैंकले आजका लागि तोक्यो विदेशी मुद्रा विनिमय दर
२०८२ श्रावण ९, शुक्रबार
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
२०८२ श्रावण ९, शुक्रबार
सिरिज गुमाए पनि अन्तिम खेलमा पाकिस्तानको धमाकेदार जित
२०८२ श्रावण ९, शुक्रबार
आजको मौसम : देशभर साधारणतया बदली रहने, तर मनसुनी वायुको प्रभाव कमजोर
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार