श्रावण १, २०८२ बिहिबार July 17, 2025

पठन संस्कृति बढाउन पुस्तकालयको विकास गर्नुपर्छ : राष्ट्रपति भण्डारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले पठन संस्कृति बढाउन उपयुक्त माध्यमका रुपमा पुस्तकालयलाई विकास गर्दै लानुपर्ने बताउनुभएको छ।

नेपाल पुस्तकालय संघको आयोजनामा बिहीबार पुस्तकालयकर्मी तथा यस क्षेत्रका सम्बन्धित विज्ञसँग पुस्तकालयको वर्तमान अवस्था, समस्या, चुनौती एवम् आगामी कार्यदिशाका सम्बन्धमा भएको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

“पुस्तकालय सभ्य समाजका लागि ज्ञानको स्रोत र नयाँ विचारको जन्मस्थान हो। विभिन्न विषयका पुस्तक, अनुसन्धान प्रतिवेदन, ऐतिहासिक दस्तावेज, नयाँ र अद्यावधिक तथ्यांकसहितको श्रोत केन्द्रका रुपमा पुस्तकालयले ज्ञान निर्माण गर्न विशिष्ट भूमिका खेलिरहेका हुन्छन्। पुस्तकालय आधारभूत तहमा पुस्तकहरुको संग्रह हुन सक्दछ भने विशिष्टीकृत तहमा अत्याधुनिक श्रोत केन्द्र तथा नीति अध्ययनको स्थल बन्न सक्छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो।

उहाँले सूचना, प्रविधिको प्रयोग र विस्तारसँगै नयाँ पुस्ताका पाठक डिजिटल माध्यमतर्फ बढ्दो संख्यामा आकर्षित हुँदै गएको धारणा राख्नुभयो। देशमा ऐतिहासिक कालदेखि नै मन्दिर, बिहार, गुठी तथा गुम्बामा ताम्रपत्र, भोजपत्र, शिलालेख जस्ता हस्तलिखित सामाग्रीको संग्रह गर्ने प्रचलन रहेको बताउनुहुँदै उहाँले मल्लकालीन भक्तपुरमा पुस्तकालयको अस्तित्व पाइएको र एकीकरण पश्चात् पृथ्वीनारायण शाहले बहुमूल्य हस्तलिखित पाण्डुलिपिलाई हनुमानढोका दरबारमा संकलन गरेर नेपालमा पुस्तकालयको जग निर्माण भएको भनाइ राख्नुभयो।

“पाठकबीच गहिरिएर अध्ययन, छलफल चलाउने, पुस्तककाबारे चर्चा–परिचर्चा सञ्चालन गर्ने र नयाँ पुस्तकबारे समीक्षात्मक सेमिनारहरु आयोजना गर्ने जस्ता क्रियाकलापबाट पुस्ताकलयले आफ्नो स्थान आफैं निर्माण गर्न सक्नुपर्दछ। पठक संस्कृति बढाउन  सबैभन्दा उपयुक्त माध्यमका रुपमा पुस्तकालयलाई विकास गर्दै लैजान सकिन्छ”, उहाँले भन्नुभयो।

उहाँले पुस्ताकलय तथा संग्रहालयलाई आर्थिक उपार्जन नहुने क्षेत्रको रुपमा हेर्न नहुने बरु, व्यक्ति र समाजको चेतना अभिवृद्धि गर्न प्रत्यक्ष भूमिका खेल्ने माध्यमकाका रुपमा बुझ्नुपर्नेमा जोड दिनुभयो। गोप.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार