असार २६, २०८२ बिहिबार July 10, 2025

नवनियुक्त मन्त्रीहरूको सपथ बिहान ११ बजे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण सोमबार बिहान ११ बजे राष्ट्रपति भवन शीतल निवासमा हुँदैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत समाजवादीका पाँच मन्त्री नियुक्त गरेकी थिइन् ।

एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङलाई मन्त्री नियुक्त गरेकी थिइन् । उनीहरूलाई आज राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको सपथ गराउन लागेकी हुन् ।

स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीलाई भने प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको सपथ गराउने छन् ।

कीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकालाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि प्रधानमन्त्री देउवाले सोहीअनुसार मन्त्रिपरिषद् हेरफेर गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया