काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीर्थराज वाग्लेलाई बहराइनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
यसैगरी, उहाँले संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा.श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले साे जानकारी दिनु भएकाे हाे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया