असार २६, २०८२ बिहिबार July 10, 2025

नेपाल ट्रेड युनियन कांग्रेस तारकेश्वर नगरसमिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको तारकेश्वर नगरसमिति गठन गरिएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसर पारेर शनिबार साँझ नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ शाखाको आयोजनामा तारकेश्वर नगरपालिकामा नगर समिति गठन गरिएको हो ।

नगरसमितिको अध्यक्षमा अच्युत ओझा, उपाध्यक्षमा मनोजकुमार तिमल्सिना र कोपिला देवकोटा, सचिवमा जगदीश्वर न्यौपाने, कोषाध्यक्षमा कविन्द्र रिमाल, सहसचिवमा केदार गजुरेल हुनुभएको छ । यस्तै सदस्यसहित १५ जनाको कार्यसमिति गठन गरिएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले श्रमिकको हक, हित र अधिकारका लागि स्व गिरिजाबाबुले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

“कांग्रेसको इतिहासभन्दा श्रमिक आन्दोलनको इतिहास पुरानो छ, विराटनगर जुटमिलमा भएको आन्दोलनमा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको थियो”, उहाँले भन्नुभयो ।

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले सङ्गठित तथा असङ्गठित क्षेत्रका साझा समस्यालाई समाधान गर्न नेपाल ट्रेड युनियन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ जिल्लाका अध्यक्ष देवीप्रसाद भुसालले आगामी दिनमा काठमाडौँ महानगरसहित बाँकी १० वटै स्थानीय तहमा कार्यसमिति गठन गर्ने जानकारी दिनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसको भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलनले सबै स्थानीय तहमा ट्रेड युनियन कांग्रेसको शाखा विस्तार गर्ने निर्णय गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार