असार २६, २०८२ बिहिबार July 10, 2025

मेरो तलबबाट यमबुद्धको शालिक बनाउँछु : मेयर बालेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यमबुद्धको नामले परिचित र्‍यापर अनिल अधिकारीको शालिक आफ्नै तलबबाट बनाउने घोषणा गर्नुभएको छ ।

यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरले १५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तर, मेयरले आफ्नो प्राथमिकताविपरीत लन्डनमा ६ वर्षअघि आत्महत्या गरेका गायक यमबुद्धको शालिक बनाउन लागेको भन्दै चर्को विरोध भएको थियो ।

मेयर बालेले शनिबार फेसबुकमा लेख्नुभएको छ, ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु ।’ शालिक कहाँ स्थापना गर्ने भन्ने यकिन भएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया