असार २६, २०८२ बिहिबार July 10, 2025

कांग्रेस केन्द्रीय समिति बैठक : शेखरले गरे सभापति देउवाको आलोचना (विज्ञप्तिसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा कांग्रेस नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् ।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा नेता कोइरालाले लिखित सम्बोधन गरेका थिए । उनले पार्टी सही तवरले चल्न नसकेको भन्दै सभापति देउवाको आलोचना गरेका थिए । उनले आगामी निर्वाचनको सन्दर्भमा भने गठबन्धन गरेर जाँदाभन्दापनि एक्लै जाँदा पार्टीलाई फाईदा हुने धारणा राखेका छन् ।

उनले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नगरेको भए अहिलेको भन्दा झनै राम्रो परिणाम ल्याउनसकिने थियो भन्ने धारणा राखेका थिए । उनले गठबन्धन गर्दा आम कांग्रेसका कार्यकर्ता उत्साही नरहेको टिप्पणी गरेका छन् ।

यस्तो छ कोइरालाको सम्बोधन

आदरणीय सभापतिज्यु,

बरिष्ठ नेता, पदाधिकारी तथा केन्द्रीय सदस्य साथीहरु !

१. हामी स्थानीय तहको निर्वाचन पश्चात प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संघारमा उभिएको छौँ । पछिल्लो केन्द्रिय समिति बैठकको लामो रस्साकस्सी पछि हामी तालमेल मार्फत स्थानीय तहको निर्वाचनमा गयौँ । तालमेलका कारण केही बढी सिट त जित्यौँ तर पार्टीको आदर्श र सिद्धान्तलाई कहाँ पुर्याउन खोज्दै छौँ ? स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा स्थानीय तहमै तालमेल गर्ने भन्यौँ तर कतिपय स्थानीय तहमा केन्द्रबाट टिकट दिन बाध्य पार्यौँ ।

अर्कोतर्फ तालमेलका नाममा स्थानीय तहमा महिला सहभागितालाई खुम्च्याउने काम भयो । त्यो पनि बिचार गर्न जरुरी छ । तालमेलले कांग्रेस पार्टीलाई भन्दा अन्य पार्टीलाई बढी लाभ भयो । तालमेलमा जानु पुर्व सिंगो कांग्रेसलाई एक ढिक्का बनाईनुपथ्र्यो । क्रियाशिलता, लोकप्रियता तथा बरिष्ठताको मापदण्ड बनाएर भुगोल, जनसंख्या तथा जातीय सन्तुलनका आधारमा न्यायोचित ढंगले टिकट बितरण गरिनुपथ्र्यो तर कतिपय स्थानमा त्यो हुन सकेन ।

२. बिगतको तालमेल र आगामी निर्वाचनका बारेमा हामीले पार्टीभित्र सुक्ष्म ढंगले समीक्षा र मूल्याङ्कन गर्नैपर्छ । हामी यसबाट भाग्न सक्दैनाैँ । हामीलाई त्यस्तो छुट छैन । हामीले दुरदराजका कर्मशिल र निष्ठावान साथीहरुलाई जवाफ दिनै पर्छ । कांग्रेसका हजारौं नेता कार्यकर्ता गठबन्धनप्रति सकारात्मक बन्न सकेका छैनन् । यसै परीप्रेक्षमा आगामी निर्वाचन व्यक्ति केन्द्रित गठबन्धन गर्याँै भने पार्टीका साथीहरुलाई न्याय गर्न सक्छौँ त ? यसबारे आगामी निर्वाचन भन्दा अगाडि यस बिषयमा गम्भिर र बिस्तृतरुपमा पार्टीभित्र छलफल गरिनु पर्छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टी हुनेगरि तालमेल बारे पार्टीको धारणा निर्माण गरौं भन्ने मेरो बिचार हो ।

३. नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट नेतृत्व मात्र चयन भयो नीतिका बिषयमा कुनै काम हुन सकेन । तसर्थ यथाशीघ्र नीति अधिबेशन गर्न आग्रह गर्दछु । पार्टी संचालनका सम्बन्धमा मैले विगतका बैठकमा पनि भन्दै आएको छु । विधि, विधान भन्दा माथी हामी कोही छैनौँ । पार्टी विधिसम्मत चल्नु पर्यो । पार्टी सबैको हुनुपर्यो । केन्द्रदेखि वडा तहसम्म नेतृत्वमा रहेकाले आफुलाई मत नहालेकालाई पनि न्याय हुने संस्कृतिको बिकास गरियोस ।

४. स्थानीय तहको निर्वाचनका क्रममा पराजयको दोष पार्टीका साथिहरुलाई नै लगाई कतिपय जिल्लाका जिम्मेवार साथीहरुलाई पुर्वाग्रही ढंगले कारवाहीको सिफारिस गरि मान मर्दन गर्ने काम हुँदैछ । त्यस बारेमा केन्द्रीय कार्यसमितिकै ध्यानाकर्षण गराउन चाहन्छु ।

५. पार्टी संगठनको मेरुदण्ड भातृ तथा शुभेच्छुक संस्थाहरु हुन । यी संस्था लामो समयदेखि नेतृत्व विहीन तथा प्रायः निस्प्रभावी भएकाले प्रतिकुल प्रभाव परेको छ । तसर्थ यी संस्थाको नेतृत्व देखि कार्यसमिति विधान बमोजिम पदाधिकारी सहित न्यायोचित ढंगबाट निर्माण गरिनु पर्दछ ।

६. पार्टीको आन्तरिक जीवनमा बहस, छलफल र अन्तरक्रिया गरि निर्णयमा पुग्ने विगतको परिपाटी र परम्परा भन्दा पनि सभापतिज्यु एकल र एकपक्षीय ढंगबाट निर्णयमा पुग्ने गरेको देखिएको छ । यो पार्टीमा लाखौँ साथीहरूको बलिदानी तथा लगानी छ । तसर्थ पार्टीको निर्णयले सबैको मन छुन आबश्यक छ ।

७. सत्ता तालमेल दलका नेताहरु नेपाली कांग्रेसतिर फर्केर आरोप लगाईरहेका छन्, आलोचना र दोष थोपरिरहेका छन् । स्थानीय निर्वाचनको परिणामलाई लिएर उनीहरु कांग्रेस विरुद्ध तीतो पोखिरहेको कुरा सभापतिज्युको जानकारीमा पनि होला भन्ने मलाई लागेको छ । यसरी एकातर्फ नकारात्मक चर्चा भैरहँदा किन हाम्रो पार्टी र नेताहरुले मौनता साँधेको हो ? म यी सबै बिषयमा गम्भीर छलफलको जोडदार माग गर्दछु ।

८. तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण बिभाग प्रधानमन्त्रीको मातहतमा ल्याउनु भनेको प्रधानमन्त्री अधिनायकबादतर्फ जानु हो भनेका थियौँ । गठबन्धन दलको साझा कार्यक्रममा पनि विगत सरकारले गरेको अलोकतान्त्रिक गतिविधि सच्याउन भन्यौँ तर बर्तमान सरकार बनेको पनि झण्डै एक वर्ष पुगिसक्यो तर यस्ता विषयहरु प्राथमिकतामा किन परेनन् ? भष्ट्राचारका काण्डरूको छानबिन किन ओझेलमा पर्यो ? सरकार नेतृत्वको हिसाबले पार्टी जवाफदेहि बन्न सकेन भने आगामी निर्वाचनलाई समेत प्रभाव पार्ने ध्यानाकर्षण गर्न चाहन्छु ।

९. ओली नेतृत्वकै सरकारले संविधानमा भएको संबैधानिक परिषद सम्बन्धि व्यवस्थाको प्रतिकुल हुनेगरी संबैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएर संविधान मिच्ने काम गरेको थियो । हामीले तत्कालीन अवस्थामा कडा ढंगले प्रतिबाद गरेका थियौं । के हामीले अहिले उक्त असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो ? प्रधानमन्त्रीज्युको ध्यानाकर्षण गराउँदछु ।

१०. नेपाली कांग्रेसका पार्टी सभापति देशको प्रधानमन्त्री हुनुहुन्छ । जनताको दैनिक जीवन दिनानुदिन कष्टकर बन्दै गएको छ ।  महँगीले जनताको ढाड सेकिएको छ । बेरोजगारी दिनानुदिन बढ्दो छ । हुनेखानेहरु समेत सामान्य जीवन बिताउन कठिनाई महसुस गरेका छन भने गरिव, निमुखा, मजदुर तथा नागरिकको अवस्था के भएको होला हामी काठमाडौँ बसेर त्यसको पिडा बोध गर्न सक्दैनौँ । सरकारको कार्यक्षमतामाथि बुद्धिजीवी, संचार जगत, व्यबसायी तथा आम नागरिकले समेत प्रश्न गर्न थालेका छन । यस विषयमा पार्टी गम्भीर बन्न जरुरी छ ।

११. गर्भनर प्रकरणमा सरकारको असक्षमता छताछुल्ल भयो । सरकारले गर्भनर हटायो तर अदालतले पुर्नबहाली गर्यो । यसले आर्थिक क्षेत्रमा नकारात्मक सन्देश गयो । देशको अर्थतन्त्रका बारेमा यहाँहरु सबै जानकार नै हुनुहुन्छ भन्ने मेरो विश्वास छ । हालै बजेट निर्माणका क्रममा बजेटमा हस्तक्षेप गर्न अपिरिचित व्यक्तिको प्रवेश गराएर केही खास व्यक्ति पोस्ने काम गरेको ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार