असार २६, २०८२ बिहिबार July 10, 2025

सरकारका काममा असन्तुष्टि जनाउनुपर्ने कारण छैन : काँग्रेस प्रवक्ता डा. महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले पाँच दलीय गठबन्धन सरकारका एक वर्षका कामकारबाही सन्तोषजनक भएको बताएका छन् । उनले सरकारको काममा असन्तुष्टि जनाउनुपर्ने कारण नभएको बताए ।

केन्द्रीय कार्यसमितिको बैठकमा काँग्रेसकै नेता कार्यकर्ताले गठबन्धन सरकारका कामकारबाहीबारे प्रश्न उठाइरहेका छन् । प्रवक्ता महतले भने सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक रहेको बताए ।

यो सरकारले कोभिड-१९ महामारीको व्यवस्थापन गर्‍यो, वैदेशिक नीतिको अन्योलता हटेको छ, उनले भने, ‘यो सरकार बनेपछि भ्रष्टाचार रोकिएको छ । यो गठबन्धनको सरकार हो जनताका सबै खाले अपेक्षाहरु पूरा नहुन सक्छन् । तैपनि सरकारका काम र उपलब्धि सन्तोषजनक छन् ।’

प्रवक्ता महतले देउवा नेतृत्वको सरकारले एमसीसीमा रहेको अन्योलता हटाउने काम गरेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार