असार २६, २०८२ बिहिबार July 10, 2025

जसपाका दुई केन्द्रिय सदस्यसहित ६९ जनाले गरे पार्टी परित्याग (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजबादी पार्टी (जसपा)का ६९ नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्  । उनीहरूले एक विज्ञप्ति जारी गर्दै  लामो समयदेखि पार्टीको विविध पद र दायित्वमा रही क्रियाशिल, सभ्य, इमान्दारीताकासाथ पदिय जिम्मेवारी निष्ठापूर्वक पुरा गरेको र आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न नसक्ने जनाएका हुन् ।

देश र समग्र जनताको परिवर्तनका साथै आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, पिछडा, सिमांककृत वर्गका समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने जसपा पार्टीको जन्म भएको तर अहिले  पार्टी नेतृत्वमा स्वेच्छाचारीता, र एकलौटी ढंगबाट पार्टी संचालन गर्ने, नीति, नियम र नेतृत्व प्रष्ट नभएको, पार्टी संगठनात्मक संरचनामा नभई व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको उनीहरूको आरोप छ । यस्तै पार्टी देश र जनताको हितमा नभई सिमित आसेपासे, नातेदार र द्रव्यदारहरूको चंगुलमा डुब्दै गएको उनीहरुको आरोप छ ।

यही कारण आजकै मितिदेखि लागु हुने गरी पार्टीले दिएको जिम्मेवारी त्याग गरी जसपा पार्टीबाटै सामुहिक राजीनामा गरेको उनीहरुको भनाइ छ ।

  

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया