असार २६, २०८२ बिहिबार July 10, 2025

नेपाललाई श्रीलङ्का हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्छ : डा कोइराला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाललाई श्रीलङ्का हुनबाट जोगाउन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सबैले भ्रष्टाचार गर्दैनौँ भनेर प्रतिबद्ध भएको अवस्थामा मुलुक श्रीलङ्का हुनबाट जोगिने उहाँको भनाइ थियो।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य डा.कोइरालाले भन्नुभयो, “हाम्रा नेतृत्वहरू अहिले पनि के नेपाल श्रीलङ्का जस्तै हुन्छ भन्दै हिँडेका छन् तर सुशासन दिन्छौँ, पारदर्शिता अपनाउँछौँ, भ्रष्टाचार गर्दैनौँ भन्नुपर्छ । यति गर्न हामी श्रीलङ्का बन्दैनौँ ।” देश अप्ठ्यारो परिस्थितिबाट भने अगाडि बढिरहेको छ ।

 “नेपाल श्रीलङ्का बन्न लागेकोप्रति सबै नेपालीलाई चिन्ता छ”, नेता डा कोइरालाले भन्नुभयो, “सबै नेपालीले कम्मर कसेर अठोट गरे अहिलेको अवस्थाबाट पार लगाउन सकिन्छ ।”

भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले लेख्नुभएको ‘लय छुटेको समय’ पुस्तक विमोचन गर्दै उहाँले आगामी निर्वाचनमा काँग्रेसको सिद्धान्त र विचारलाई कायम गर्दै कम क्षति हुने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पुस्तकका लेखक प्राडा पौडेलले पुस्तकभित्र कथा, कविता, संस्मरणसँगै बिरामी र चिकित्सकको भोगाइहरू समावेश गरिएको बताउनुभयो ।

५० प्रतिशतभन्दा बढी रोगको उपचार समाजमै भएको उल्लेख गर्दै उहाँले बिरामीको उपचार कसरी हुन्छ, उपचार गर्दा के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयलाई समाहित गर्दै डाक्टरको व्यथा भन्नाका लागि पनि पुस्तक लेखेको बताउनुभयो । उक्त पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार