असार २६, २०८२ बिहिबार July 10, 2025

ओलीको जवाफमा ताली बजाएको भन्दै नारायणकाजीको गुनासो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व‍ाम एकता र तालमेलको प्रस्तावमा एमाले अध्यक्ष केपी ओलीको जवाफमा ताली बजाएकोप्रति गुनासो गरेका छन ।

शनिबार ‘नेपालको भूराजनीतिक अवस्था, यसको चुनौती र अबको बाटोे’ विषयमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वाम एकता र तालमेलको विषयमा आफनो र ओली दुवैको भनाइमा ताली बजाएको भन्दै असन्तुष्टि जाहेर गरेका हुन् ।

‘मैले आत्मालोचक भई वाम तालमेल र एकता गरौं भन्ने प्रस्ताव राख्दा र वकिल जस्तो मात्र नहुन उपरोक्त अपिल गर्दासमेत हलमा उपस्थित स्राेता सहभागीहरूले कर्तलध्वनिका साथ ताली बजाएर समर्थन गर्नुभएको थियो,’ श्रेष्ठले भनेका छन्, ‘तिनै स्राेता सहभागीहरूले कमरेड ओलीले अहंकारको प्रदर्शन गर्दै वाम एकतामा ठेस पुग्ने गरी बोल्दा पुनः अझ जोडले ताली बजाउनुभयो । यसले वाम तालमेल र एकतालाई सहयोग पुर्‍याउँछ त ? पुर्‍याउँदैन । हामी कहिले सच्चिने होला ? गम्भीरतापूर्वक सोचौं ।’

श्रेष्ठका अनुसार सो कार्यक्रममा नेपालका वामपन्थी शक्तिहरूले एक अर्कालाई कमजोर पार्ने र सिध्याउने नीति-प्रयत्नलाई नै निरन्तरता दिने हो भने वामपन्थी आन्दोलन नै धराशयी हुने खतरा रहेको र त्यसले अन्ततः नेपालको राष्ट्रिय सार्वभौमिकता स्वाधीनता एवं हित कमजोर हुँदै संकटग्रस्त्त बन्ने खतरा बढाउने भएकाले वामपन्थी शक्तिहरूबीचको तालमेल, मोर्चा र एकताको आवश्यकता औ‌ल्याएका थिए ।

‘मैले सबै सम्बन्धित पार्टी र नेताहरूलाई देश, जनता र वाम आन्दोलनलाई केन्द्रबिन्दुमा राख्दै विनम्रतापूर्वक आत्मालोचना गरी त्यस दिशामा अघि बढ्ने अग्रसरता तथा पहलकदमीको निम्ति अनुरोध गरेको थिएँ’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यही कार्यक्रममा पछि बोल्दै नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले को छ र अरु वामपन्थी पार्टी भन्दै आफ्नो पार्टी मात्र वामपन्थी भएको खालको विचार प्रकट गर्नुभयो, ओलीले प्रम हुँदा संविधानको प्रावधान विरुद्ध प्रतिनिधिसभा विघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वसनीयता (क्रेडिबिलिटी) माथिसमेत प्रश्न उठ्ने गरेको विषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन ।’ उनका अनुसार ओलीको सो अभिव्यक्तिले अह‌ तुष्टि गर्ने तर देश जनता र वामपन्थी आन्दोलनलाई कुनै पनि योगदान पुर्‍याउने छैन ।

‘त्यसक्रमा मैले आमनेता, कार्यकर्ता र बुध्दिजीवीहरूलाई ‘आफ्नो पक्ष’को अन्धतापूर्वक समर्थन र वकालत गर्ने वकिल जस्तो मात्र नबनी आलोचनात्मक चेतयुक्त बनौं र ठीकलाई ठीक बेठीकलाई बेठीक भन्ने साहस तथा संस्कृति प्रदर्शन गरौं भन्ने अपिल पनि गरेको थिएँ’ श्रेष्ठले गुनासो गर्दै भनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार