असार २६, २०८२ बिहिबार July 10, 2025

माओवादी केन्द्र र एकिकृत समाजवादीलाई एकतामा आउन योगेश भट्टराईको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एमाले) का सचिव योगेश भट्टराईले काँग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन् ।

आज (मंगलबार) अनेरास्ववियू केन्द्रीय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकतामा आउन आग्रह गरेका हुन् ।

तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुको विकल्प नभएको भट्टराईको भनाइ छ ।

विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षका रूपमा छोडिदिएर बिर्सिनुपर्ने उनको भनाइ छ । विगतको कुरा गरेर अगाडि बढ्न नसकिने भन्दै अगाडि जाने बारेमा मात्रै सोच्नुपर्ने उनले बताए ।

‘अब फेरि हामी एक ठाउँमै आउनुपर्छ । त्यसको विकल्प छैन । योबिचको एक, डेढ वर्षलाई हामीले इतिहासको एउटा कालो वर्षको रुपमा छोडिदिउँ । धेरै पछाडि नफर्किउँ कसले के गर्‍यो भन्ने कुरा । जब कसले के गर्‍यो भन्ने कुरामा हामी जान्छौँ हामी एक अर्कालाई चिथोछौँ र घाइते बनाउँछौँ । अगाडि कसरी जाने त्यो सोचौँ । त्यस कारण त्यो एउटा नर्क कुण्ड भनौँ काँग्रेससँगको गठजोड भनेको, त्यो नर्ककुण्डबाट फर्किनुपर्छ । त्यताबाट स्वर्ग गइँदैन, भट्टराईले भने ।

सचिव भट्टराईले देशमा राष्ट्रिय सामर्थ्य भएको शक्ति चाहिएको बताए । कम्युनिस्ट तथा वामपन्थी आन्दोलनले मात्रै राष्ट्रिय सामर्थ्य भन्दै यो शक्तिले मात्रै विदेशी शक्तिराष्ट्रहरुसँग आँखा जुधाएर बोल्न सक्ने उनले बताए । देशमा राष्ट्रिय शक्ति नभएमा साम्राज्यवादीहरुले सबै प्रणाली खाइदिने उनको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार