असार २६, २०८२ बिहिबार July 10, 2025

चार कम्युनिस्ट पार्टीबीच कार्यगत एकता गर्ने निर्णय (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिस्ट पार्टीले कार्यगत एकतालाई रणनीतिक संयुक्त मोर्चाको तहसम्म पुर्याउने निर्णय गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, ऋषि कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले यस्तो निर्णय गरेका हुन् ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय कार्यालय वानेश्वरमा बसेको बैंठकले यस्तो निर्णय गरेको हो ।

बैंठकपछि जारी विज्ञप्तीमा आफुहरुको निर्णय साउन १० गते पत्रकार सम्मेलन गरेर जानकारी गराइने बताइएको छ । आफुहरुको अभियानमा सहभागी हुन चार कम्युनिस्ट पार्टीले विभिन्न पार्टीहरुलाई आव्हान समेत गरेका छन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया