असार २६, २०८२ बिहिबार July 10, 2025

पार्टी चलाउन र चुनाव लड्न विदेशीबाट सहयोग लिन बन्द गरौँ: नारायणकाजी श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी चलाउन र चुनाव लड्न नेताले विदेशीको पैसा लिने काम बन्द गर्नु पर्ने बताएका छन् ।

पुष्पलाल मित्रता केन्द्रले काठमाण्डौं आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले पार्टी चलाउन वा चुनाव लड्न विदेशीको पैसा लिने काम बन्द गर्नुपर्ने बताउँदै भने, ‘अर्थ मन्त्रालयको बजेट प्यारा मिटरभन्दा बाहिर गएर विदेशी सरकार वा विदेशी राजदूतावासबाट सहयोग लिन बन्द गरौँ, के नेताहरू तयार हुनुहुन्छ ?’

पार्टी वा गुटका लागि विदेशी हस्तक्षेप स्वीकार गर्ने र हस्तक्षेप आमन्त्रित गर्ने काम बन्द गर्ने पनि उनले आग्रह गरे । ‘पार्टी चलाउन वा चुनाव लड्न विदेशीको पैसा लिने काम बन्द गर्नु पर्यो । आफ्नै छोराछोरी, आफ्नै नातेदार र भोट बैंक भएका कार्यकर्ताका छोराछोरीलाई छात्रवृत्ति दिलाउन राजदूतावासमा जान बन्द गर्नुपर्यो । यी सबै कार्य स्वाभिमानका साथ अघि बढ्न तयार भए सही दिशातिर जानसक्छौ ।’

उनले पार्टीमा भएको युवामा नेतृत्व गर्ने र फेर्ने सक्ने दुवै आँट नभएको नभएको आरोप लगाए । अहिले पार्टीमा युवाको भूमिका नेता वा गुटको फेरो समातेर पदमा पुग्ने र कमिसनबाट आफ्नो जीवन सम्पन्न गर्नेबाहेक अरु कुनै सोच नभएको उनको दाबी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया