असार २६, २०८२ बिहिबार July 10, 2025

एमालेले सुरु गर्‍यो गण्डकी प्रदेशबाट चुनाव लक्षित प्रशिक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले  गण्डकी प्रदेशबाट  आगामी आम निर्वाचनलाई केन्द्रित गरी आइतबारदेखि प्रतिरक्षात्मक अभियान सुरुवात गरेको छ । प्रतिनिधि तथा गण्डकी प्रदेशको निर्वाचनबाट प्रदेशमा पहिलो शक्तिको रुपमा पार्टीलाई स्थापित गर्न अभियान थालेको हो ।

कमिटीले सुरुवातमा प्रदेश स्तरीय प्रशिक्षण गरेर साउन महिनाभरिमा जिल्ला, पालिका हुँदै वडा टोल स्तरसम्म पुर्‍याउने योजनाअघि सारेको छ । पार्टीका केन्द्रीय कमिटी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्थानीय तहको निर्वाचनमा प्रदेशमध्ये अब्बल बनेको गण्डकीले आगामी निर्वाचनमा समेत बाजी मार्ने विश्वास व्यक्त गर्न भयो । उहाँले स्थानीय तहको निर्वाचनमा भएका कमी, कमजोरी सुधार गर्दै अगाडि बढ्न सुझाव समेत दिनु भएको थियो ।

‘गत चुनावी परिणाममा मध्ये गण्डकी अब्बल देखियो । संरचनात्मक हिसाबले हेर्ने हो भने पनि गण्डकीले बाजी मारेको छ,’ उपाध्यक्ष शाक्यले भन्नु भयो , ‘पार्टी बलियो भए सबैलाई भाग पुग्छ । सानातिना सबै कुरा छोड्नुस्  । योजनाबद्ध ढंगले लाग्नुहोस्  उपाध्यक्ष शाक्यले इमान्दार कार्यकर्ताको ठूलो पङ्क्ति र एमालेको धरातल र आधार बलियो भएका कारणले चुनाव जित्न सकिने तर्क पेश गर्नु भएको थियो ।

उहाँले पार्टी निर्माणमा अहिलेदेखि नै एकताबद्ध भएर लागेमा आम निर्वाचनमा सफलता हासिल गर्न सकिने बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया