असार २७, २०८२ शुक्रबार July 11, 2025

दलीय प्रणालीलाई बलियो बनाउनुपर्छ: कांग्रेस प्रवक्ता डा. महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दलीय प्रणालीलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । उहाँले भूपरिवेष्टित मुलुक नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्नका लागि पनि दलीय प्रणालीलाई बलियो पार्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रेस युनियन कैलाली शाखाले नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न काठमाडौँमा आयोजित कार्यक्रममा नेता महतले नेपालमा अहिले स्वतन्त्र बन्ने प्रवृत्ति मौलाइरहेको बताउनुभयो । उहाँले मुलुकको दीर्घकालीन विकासका लागि स्वतन्त्र प्रवृत्ति घातक सावित हुनसक्ने खतरा औँल्याउनुभयो ।

प्रवक्ता महतले काठमाडौँ महानगरको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारको सफलतापछि देशैभरि स्वतन्त्र बन्ने प्रवृत्ति मौलाएको बताउनुभयो । स्वतन्त्र व्यक्ति महानगरको नगरप्रमुख हुँदा प्रभावकारी काम गर्न नसकेको उदाहरण काठमाडौँमै देखिएको भन्दै उहाँले कतिपय जिल्लामा स्वतन्त्र नेतृत्वले कुरा गरेअनुरूप काम गर्न नसकिरहेको जिकिर गर्नुभयो ।

काठमाडौँ महानगरका नगरप्रमुख बालेन्द्र शाहलाई पनि चुनावका बेला प्रतिबद्धता जनाएबमोजिम काठमाडौँको फोहर व्यवस्थापन गर्न निकै हम्मे परिरहेको उहाँको भनाइ थियो ।

नेता महतले कांग्रेस नेतृत्वमा मात्रै नेपालले छिमेकीसहित सबै मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध राख्न सक्ने भन्दै काँग्रेसभित्रका केही कमजोरीलाई सुधारेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राष्ट्रको समृद्धि र स्वतन्त्रतालाई बलियो पार्न नेपाली काँग्रेसको हैसियत बलियो हुनुपर्ने भएकाले आगामी निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित हासिल गर्ने गरी तयारीमा जुट्न आह्वान पनि गर्नुभयो ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले पार्टीका भ्रातृ सङ्गठनलाई चलायमान बनाउनुपर्ने बताउनुभयो । निर्वाचन नजिक आइसकेकाले अब सबै पार्टी पङ्क्तिले काँग्रेसलाई विजयी बनाउन लाग्नुपर्ने खाँचो औँल्याउनुभयो । चौधरीले नवौँ महाधिवेशनबाट निर्वाचित प्रेस युनियनको नयाँ नेतृत्वले देशभर लोकतन्त्रका पक्षमा जागरण ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको विकासका लागि लोकतन्त्रलाई बलियो पार्न आवश्यक रहेको बताउँदै यसका लागि प्रेस युनियनको भूमिका निकै महत्त्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो । प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता
२०८२ असार २७, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य (सूची हेर्नुहोस्)
२०८२ असार २७, शुक्रबार
देशभर सात लाख ६० हजार २६० प्रमाणित कृषक
२०८२ असार २७, शुक्रबार
वीरगञ्जको खानेपानी सङ्कट समाधान गर्न प्रतिबद्ध छौँः मन्त्री यादव
२०८२ असार २७, शुक्रबार
सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति
२०८२ असार २७, शुक्रबार
काठमाडौं महानगरको कार्यपालिका बैठक आज बस्दै
२०८२ असार २७, शुक्रबार
आजको मौसम पूर्वानुमान : देशैभरी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८२ असार २७, शुक्रबार