असार २८, २०८२ शनिबार July 12, 2025

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने कांग्रेसको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले साउन ३० र ३१ गते स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने निर्णय गरेको हो । बैठकले केन्द्रीय समितिले गरेको निर्णय अनुसार भदौ २ देखि २४ गतेसम्म देशव्यापी विशेष अभियानमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय भएको छ ।

बैठकमा गठबन्धनको सिट बाँडफाडँका विषयमा पनि छलफल भएको छ । सहभागी नेताहरुले वैज्ञानिक अध्ययन गरेर सिट बाँडफाँड गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा सिट बाँडफाँडका लागि कार्यदल बनाएपछि कांग्रेस बैठक बोलाइएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया