असार २८, २०८२ शनिबार July 12, 2025

एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ । एमालेका नेता र कार्यकर्ताको टोलीसहित जमलस्थित आयोगको कार्यालयमा पुगेर आज दल दर्ताका लागि आवेदन दिइएको हो ।

दर्तापछि प्रतिक्रिया दिँदै एमालेका महासचिव शङ्कर पोखरेलले आफूहरू निर्वाचनमा विना उद्देश्य गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट गर्नुभयो । आगामी मङ्सिर ४ गते निर्वाचन तोकिएपछि आयोगले दल दर्ताका लागि समय खुल्ला गरेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया