असार २९, २०८२ आइतबार July 13, 2025

शेखर-गगन समुहलाई रचनात्मक बिद्रोह गर्न युवा नेताहरुको ध्यानाकर्षण (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काँग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो समय भातृ संगठनमा आफु अनुकुलका ब्यक्तिहरुलाई भटाभट मनाेनयन गरे पछि शेखर – गगन समुहका युवा तथा बिद्यार्थी नेताहरुले आफ्नै समुहका नेताहरुले त्यसकाे बिरुद्ध ठाेस कदम नचलाएकाे आरोप लगाएका छन् ।

शनिवार उनीहरुले आफ्नै समुहका नेताहरुलाई घचघच्याई बर्तमान पार्टी नेतृत्वकाे बिरुद्धमा रचनात्मक बिद्राेह गर्न तयार रहेकाे पत्र बुझाएको काँग्रेस महाधिवेशन प्रतिनिधि एवं नेविसंघका नेता निरन्जन थापाले बताए।

लामाे समय बिद्यार्थी राजनिति गरेका नेपाली काङ्ग्रेसका महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि र उपत्यकाका विभिन्न क्याम्पस ईकाई सभापतिहरुले ध्यानाकर्षण पत्र संस्थापन ईतरका नेता डा. शेखर काेईराला, उपसभापति धनराज गुरुङ महामन्त्री गगन थापा, नेताहरु अर्जुननरसिंह केसि, डा. रामशरण महत, बलबहादुर केसि, सहमहामन्त्रीद्धय बद्रि पाण्डे, जीवन परियार, पुर्व केन्द्रीय सदस्य नेका हृदयराम थानि नेबिसंघ पुर्व अध्यक्ष गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।

निरन्जन थापा, लक्ष्मि दाहाल, पुष्कर बास्तोला, बिष्णु खड्का ई. अमृत ज्ञवाली पेम्बा शेर्पा, ई सागर पाण्डे, विश्व लामा, अधिवक्ता काैशिला गुरुङले नेताहरुलाई उक्त ध्यानाकर्षण पत्र बुझाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार
तीन सय ३६ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’
२०८२ असार २८, शनिबार