काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकको गलत प्रचार भएको बताउनु भएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले विधेयक पास गरेर कुनै राष्ट्रघाती निर्णय नभएको बताउनु भयो ।
‘आमाबाबु दुवै नेपाली नागरिक भएका छोराछोरीले मात्र नागरिकता पाउने यो विधेयकको सारतत्व हो’, उहाँले भन्नुभयो, ‘यसलाई गलत ढंगले, गलत उद्देश्यले प्रचार गरिएको छ ।’ यो विधेयक राष्ट्रिय सभामा रहेको र पुनः राष्ट्रपति समक्ष जाने उहाँले बताउनु भयो ।
आमाबाबु नभएका ७ लाख को हाराहारीमा नागरिकता नपाएको र सबै अवसरबाट उनीहरू वञ्चित भएकोले यसलाई निकास दिन पनि यो विधेयक पास गर्नु परेको उहाँको भनाई थियो । यो विधेयक केपी ओली सरकारकै पालामा अध्यादेशमा लगिएको भन्दै उहाँले अहिले राष्ट्रघाती भन्नु पाखण्डीको संज्ञा दिनुभयो ।
केपी ओली र आफू अध्यक्ष भएको सरकारको पालामा सात वर्षे वैवाहिक अङ्गीकृतका राज्य व्यवस्थाको प्रस्ताव सदनमा लैजान खोजिएको भन्दै दाहालले ओलीले नमानेको कारण त्यो सम्भव नभएको आरोप लगाउनुभयो । दाहालले राष्ट्रवादको मुकुण्डो लगाएर अहिले भोट बटुल्न भ्रम छरिएको आरोप लगाउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया