असार २८, २०८२ शनिबार July 12, 2025

गुल्मी काँग्रेसले भदौ ११ गते जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गुल्मीमा नेपाली काँग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीको आयोजनामा यहि भदौ ११ गते सदरमुकाम तम्घासमा उक्त कार्यक्रम गरिन लागेको पार्टी कार्यालयले जनाएको छ ।

नेपाली काँग्रेस पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन एवं सुशासन र पार्टीसँगको समन्वयात्मक भूमिका सम्बन्धी अभिमुखीकरण गर्ने पार्टी सचिव  एवं इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले जानकारी दिनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित हुनुभएका सम्पूर्ण जनप्रतिनिधिहरुलाई सहभागी गराईने पनि बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया