असार २८, २०८२ शनिबार July 12, 2025

‘मेयर बालेन्द्र शाहको प्रयास प्रशंसनीय छ,’ : कमल थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रशंसा गरेका छन् ।

काठमाडौँ महानगरपालिका भित्र बनेका अवैध घर टहर भत्काउन शाह सक्रिय भएपछि थापाले उनको प्रशंसा गरेका हुन् ।

‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौँलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन्द्र शाहको प्रयास प्रशंसनीय छ,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

शाहको कार्यले तत्काल केही असुविधा भएपनि दीर्घकालमा सबैलाई फाइदन हुने उनले बताएका छन् ।

‘तत्काल केही असुविधा भएपनि यसको दीर्घकालमा सबैलाई फाइदा हुन्छ। यस कार्यमा सबैले सहयोग गरौं,’ थापाले भनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया