असार २९, २०८२ आइतबार July 13, 2025

काठमाडौं-७ ‘ख’मा युवा नेता सुरेन्द्र श्रेष्ठ कांग्रेसद्वारा प्रत्यक्षतर्फ सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसले युवा नेता सुरेन्द्र श्रेष्ठ काठमाडौं क्षेत्र नं. ७ ‘ख’ प्रदेश सभातर्फ उम्मेदवारको सिफारिसमा परेका छन् । क्षेत्रीय कार्यसमितिले नेता श्रेष्ठलाई ‘ख’ मा प्रत्यक्षतर्फ उम्मेदवार बनाउन क्षेत्रीय कार्यसमितिलाई सिफारिस गरेको हो ।

काठमाण्डौंको ईचँगुनारायणमा विसं २०३४ शालमा जन्मिएर सक्रिय राजनीति गर्दै आएका श्रेष्ठ समाजसेवी पनि हुन् । उनले कांग्रेसको मात्रै राजनीति गर्दैनन् । गाउँ, टोल, समाजमा हुने सबै कार्यमा श्रेष्ठ पुग्ने गरेका छन् । पार्टीका नेता कार्यकर्ता हुन् वा समाजमा समस्यामा परेका व्यक्तिलाई श्रेष्ठले संरक्षण गर्दै आएका छन् ।

नेता श्रेष्ठ ईचँगुनारायण हाल नागार्जुन नगरपालिका वा आसपासमा मात्र नभई सिंगो सात नम्बर क्षेत्रमा लोकप्रिय मानिन्छन् । मतदाताहरूले पनि श्रेष्ठलाई रुचाउँछन् । उनको राजनीतिक जग राम्रो मानिन्छ । कुनै पनि कार्यक्रममा सहभागी हुँदा कांग्रेसका नेता श्रेष्ठको उपस्थितिले कम्युनिस्टहरू तर्सिने गर्छन् ।

नेविसंघबाट २०४८ शालदेखी नै कांग्रेसको राजनीतिमा प्रवेश गरेका श्रेष्ठले विसं २०५२ सालदेखी काठमाण्डौं क्याम्पसबाट नेपाल विद्यार्थी संघको राजनितीक नेतृत्व शुरुवात गरेका थिए । अखिलको गढ मानिएको क्षेत्रमा समेत संघर्ष गरेर नेविसंघको स्थापना गरेको अनुभव सुनाउछन् । २०५६ शालदेखी नेपाल तरुण दलको काठमाण्डौं जिल्ला सदस्य निरन्तर रहेका उनी काँग्रेस विभाजन हुँदा २०५८ शालमा काठमाण्डौं क्षेत्र नम्बर  ७ को क्षेत्रीय सचिव, संयोजक समेत रहेर तत्कालिन काँग्रेस प्रजातान्त्रिकको बिउ जोगाएका थिए ।

नेता श्रेष्ठले भने, ‘कांग्रेसलाई जिताउनुपर्छ । हामी सबैको प्रयासले कांग्रेसले जित्नेछ । मलाई प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस गर्ने क्षेत्रीय कार्यसमितिलाई धन्यावाद‘ दिन चाहान्छु ।

श्रेष्ठ काठमाण्डौं कांग्रेसका निकै सम्भावना बोकेका युवा नेतामा पर्छन् । उनी पटक पटक जेल जीवन समेत विताएका अनुभवी युवा नेतामा गनिन्छन् । २०४६ शालदेखी नै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिएका उनी  ०६२/६३ को दोस्रो जनआन्दोलनमा प्रहरीसँगको भिडन्तमा कानको जाली फुट्नुको साथै हात भाँच्चिएको थियो । पार्टीको हरेक मोर्चा र आन्दोलनमा निरन्तर लागी परेका उनी लगातार दुईसातासम्म कालिमाटी प्रहरी बृतमा  प्रहरी हिरासतमा  रहेका थिए ।

युवा नेता श्रेष्ठ नदी नियन्त्रण उपभोक्ता समितिको अध्यक्ष देखी ईचँगुनारायण मन्दिर संरक्षण समितिको सहसचिव हुँदै ईचँगुनारायण खानेपानी मुल संरक्षण समितिमा पनि संलग्न छन् । स्वर्गीय पिता गोपाल बहादुर श्रेष्ठले बसाएको जगलाई पिल्लर हाल्न कसिएका उनी सम्भावना बोकेका उदाँउदो युवा नेतामा गनिन्छन् । स्नातक सम्मको अध्ययन पुरा गरेका श्रेष्ठ पार्टीको प्रशिक्षणदेखी भेला गोष्टी सबैमा पुग्ने गर्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार