असार २९, २०८२ आइतबार July 13, 2025

माओवादी केन्द्र खोटाङले टुंग्यायो उम्मेदवार, यी हुन् आकांक्षी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्र खोटाङले प्रत्यक्षमा पूर्वसांसद टंक राईसहित चारजनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रत्यक्षमा माओवादीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, केन्द्रीय सदस्य रामकुमार राई (पासाङ), समिता कार्की (अस्मिता) र दुर्गाजयन्ती राईको नाम सिफारिस गर्ने निर्णय गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

समानुपातिकतर्फ प्रदेश समिति सदस्य टंकनाथ तामाङ र परशुराम विश्वकर्माको नाम सिफारिस गरिएको माओवादी जिल्ला समन्वय समिति खोटाङका संयोजक दीपक पाण्डेले जानकारी दिए । जिल्ला समन्वय समितिको आयोजनामा प्रदेश समिति सदस्य र सो भन्दा माथिल्लो जिम्मेवारीमा रहेका नेताको उपस्थितिमा सोमबार र मंगलबार भएको बैठकले उम्मेदवार टुंगो लगाएको हो ।

माओवादीले प्रदेश सभा (क)मा प्रत्यक्षतर्फ जीवन राई (संगीन), हस्तबहादुर राई (आमोद), विकास राई र सीताराम अधिकारीलाई सिफारिस गरेको छ । यस्तै, समानुपातिकतर्फ जयप्रसाद आचार्य, मनकुमारी रसाइली, अगमसिंह राई, बन्दना तामाङ, ज्ञानबहादुर भुजेल र जयप्रकाश राईको नाम सिफारिस भएका छन् ।

प्रदेश सभा (ख)मा प्रत्यक्षतर्फ ध्रुव बुढाथोकी (धिरन), देवान चाम्लिङ (पृथ्वी) र दीपक पाण्डे (आकाश)को नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ निसाना राई, कल्पना चाम्लिङ (सोनीया), विनिता राई (सुशील), डा. विष्णु राई, नवल खड्का, गजेन्द्र राई, सुमिना राई र नरेन्द्र निर्विकारको नाम सिफारिस गरिएको माओवादीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार