असार २९, २०८२ आइतबार July 13, 2025

कांग्रेस बारामा विवाद: सभापति र उपसभापति पक्षले गरे छुट्टाछुट्टै नाम सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेस बारामा व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण विवाद बढ्दै गइरहेको छ । चरम गुटबन्दीले पार्टीको भविष्य संकटमा परेको कांग्रेस नेताहरू बताउँछन् ।

बारामा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरको दुई गुट छ । मन्सुर सभापति शेरबहादुर देउवा नजिक छन् भने चौधरी कृष्णप्रसाद सिटौला निकट । बारामा केन्द्रीय गुटको समीकरणभन्दा निकै फरक देखिएको छ । केन्द्रमा देउवा र सिटाैला सँगै छन् । देउवा निकट सभापति राजेश राय यादव जिल्लामा चौधरीसँग छन् । मन्सुरले भने देउवा गुटका जिल्ला सभापतिबाहेकका अन्य नेतालाई साथमा लिएर हिँडेका छन् ।

आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदका आकांक्षीहरूको नामावली सिफारिस गर्ने क्रममा कांग्रेस बारामा विवाद भएको छ । विवादपछि सभापति र उपसभापतिको छुट्टाछुट्टै बैठक बसी आ-आफ्नाे पक्षका नेताकाे नाम सिफारिस गरिएकाे छ ।

उम्मेदवार सिफारिस गर्ने क्रममा विवाद भई दुई गुटको छुट्टाछुट्टै जिल्ला कार्यसमितिको बैठक बसेर नाम सिफारिस भएको कांग्रेस बाराका सचिव राजेश रौनियारले बताए । जिल्ला अध्यक्ष राजेश राय यादवले आफू अनुकूलका नाम सिफारिस गरेका छन् । अर्को समूहको उपसभापति मनोज भट्टलगायतका कार्यसमितिले फरक नाम सिफारिस गरेकाे छ ।

यादव पक्षले प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उमाकान्त चौधरीको एकल नाम सिफारिस गरेको छ । उपसभापति भट्ट समूहले सहमहामन्त्री चौधरीको नाम हटाउँदै प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयशंकर यादव, शम्भुबहादुर बुढाथोकी र शैलेन्द्रकुमार फौज्दारको नाम सिफारिस गरेको छ ।

यादव समूहले प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ राधेचन्द्र यादवको एकल नाम सिफारिस गरेको छ । भट्ट समूहले प्रत्यक्षतर्फ रामअयोध्याप्रसाद यादवको एकल नाम सिफारिस गरेको छ ।

सभापति यादव पक्षले क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुरको एकल नाम सिफारिस गरेको छ । भट्ट पक्षले मन्सुरसहित तीनजनाको नाम पठाएको छ । साे पक्षले ३ बाट मन्सुर, रामानन्दप्रसाद यादव र प्रभातकुमार चौरसियाको नाम सिफारिस गरेको छ ।

यादव पक्षले क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ शोभाकर पराजुली, सुनिलकुमार गुप्ता कलवार, लालबाबुसिंह भूमिहार, कृष्णब्रत सिंह, इच्छाबहादुर वाग्ले र राजेश्वरप्रसाद चौरसियाको नाम सिफारिस गरेको छ ।

भट्ट समूहले भने क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ लालबाबुसिंह भूमिहार, इच्छाबहादुर वाग्ले, कृष्णब्रत सिंह, कपिलदेवप्रसाद यादव र राजेश्वर चौरसियाको नाम सिफारिस गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार