असार ३०, २०८२ सोमबार July 14, 2025

राष्ट्रपति समक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति भण्डारी समक्ष भाषा आयोगका अध्यक्ष अवस्थीले आयोगको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिवेदन पेश गर्नुहुँदै भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले आयोगले नेपाली भाषाका अतिरिक्त विभिन्न ११ वटा अन्य भाषालाई प्रदेशगत रुपमा सरकारी कामकाजको भाषाको रुपमा सिफारिस गरेको बताउनुभयो ।

अध्यक्ष अवस्थीले भाषाको संरक्षण, संवर्द्धन र विकासका लागि भाषिक सर्वेक्षण गर्नु आवश्यक रहेको उल्लेख गदै मातृ भाषाको प्रयोग र विस्तारमा जोड दिनुपर्ने आयोगको सुझाव रहेको पनि बताउनुभयो ।

कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले भाषा संरक्षण एवम् संवर्द्धनका लागि भाषा आयोगले खेलेको भूमिका सराहानिय रहेको बताउनुभयो ।

समारोहमा राष्ट्रपति कार्यालयका उच्च पदस्थ अधिकारी, भाषा आयोगका पदाधिकारी, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

तस्बिर : सुनिल सि बज्राचार्य, राष्ट्रपतिको कार्यालय

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द
२०८२ असार ३०, सोमबार
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार
इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
२०८२ असार ३०, सोमबार
म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज
२०८२ असार ३०, सोमबार