असार २९, २०८२ आइतबार July 13, 2025

प्रेसमाथि कुनै पनि बहानामा अङ्कुश लगाइए लोकतन्त्रका लागि खतरा : नेता डा. कोइराला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको सुदृढीकरण हुन नसक्ने भएकाले प्रेसमाथि कुनै पनि बहानामा अङ्कुश लगाइए लोकतन्त्रका लागि खतरा हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले १०९ औँ बिपी जयन्तीको अवसरमा आज जनकपुरधाममा आयोजना गरेको “बिपीको विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबको चुनौती” विषयक बिचार गोष्ठीमा नेता डा.कोइरालाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नभएसम्म लोकतन्त्रले सही दिशा दिन नसक्ने बताउनुभयो ।

उहाँले  बिपी कोइरालाले प्रेसको आलोचनालाई निक्कै सहज किसिमले लिएर सुधारको प्रयास गर्ने गरेको उदाहरण दिनुहुँदै प्रेसले लोकतन्त्र तथा सुशासनको पक्षमा कलम चलाउनुपर्दछ भन्नुभयो ।

काँग्रेस नेता डा. कोइरालाले नेपाली काँग्रेसले गरेको गठबन्धन दलहरूसँग कुनै पनि विचार तथा सिद्धान्त नमिले पनि नेकपा एमालेको गलत तथा स्वेच्छाचारी क्रियाकलाप रोक्नका बाँध्यताबस गठबन्धन गर्नुपरेको बताउनुभयो ।

उहाँले नेपाली काँग्रेसले मुलुकको १ सय ६५ निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाई टिकट दिँदा पनि नेता व्यवस्थापन कठिन भएको अवस्थामा गठबन्धन दलका बीचमा सीट बाँडफाँड गर्दा एक सयभन्दा कम सिट काँग्रेसले पाएको खण्डमा पार्टीभित्र विद्रोहको अवस्था आउन सक्ने पनि बताउनुभयो ।

उहाँले जघन्य अपराध गर्नेलाई उन्मुक्ति दिनका लागि ल्याउन लागेको विधेयक मुलुकका लागि ठिक नभएको बताउनुहुँदै परराष्ट्र नीतिका विषयमा गठबन्धन दलहरूका बीचमा एक मत नदेखिनु पनि मुलुकको लागि हितकर नभएको बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले बिपीको बिचार अहिले पनि महत्त्वपूर्ण भएको उल्लेख गर्दै त्यसलाई पार्टी तथा नेतृत्वले आत्मसात् गर्न आवश्यक रहेको बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य किरण यादवले नेपाली काँग्रेसले बिपी कोइरालाको विचारलाई छोड्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले पत्रकारहरूले पनि निष्पक्ष रुपमा कलम चलाउनुपर्ने  बताउनुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री रामकृष्ण यादव, वरिष्ठ पत्रकार तारानाथ दाहाल, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, युनियनका मधेश प्रदेशका उपाध्यक्ष अनिल कुमार कर्ण सहितका वक्ताहरूले बिपीका विचार अहिले पनि सान्दर्भिक भएको बताउनुभयो ।

यसैबीच नेपाल प्रेस युनियनको केन्द्रीय कार्य समितिको दोस्रो बैठक आजदेखि जनकपुरधाममा सुरु भएको रेडियो नेपालका संवाददाताले जानकारी दिनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार