असार २९, २०८२ आइतबार July 13, 2025

राप्रपा अध्यक्ष लिङदेन झापा ३ बाट उम्मेदवार सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको नाम झापा क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएको छ ।

झापाको हल्दिबारी गाउँपालिका–२ गोलधाप घर भएका राप्रपा अध्यक्ष लिङ्देनले चौथो पटक झापा ३ बाट उम्मेदवारी दिन लाग्नुभएको हो । २०५६ सालको संसदीय निर्वाचनमा राप्रपाबाट लिङ्देन पहिलो पटक उम्मेदवार बन्नुभएको थियो  ।

उहाँ त्यसबेला तेस्रो हुनुभएको थियो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उहाँले उम्मेदवारी दिनुभएन । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पुनः राप्रपाबाट उम्मेदवारी दिनुभएका लिङ्देन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित हुनुभयो । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः उम्मेदवारी दिनुभएका लिङ्देन कांग्रेस नेता सिटौलालाई पराजित गर्दै पहिलोपटक संसद्मा पुग्न सफल हुनुभयो । २०७४ सालको निर्वाचनमा झापामा राप्रपाले बाम गठबन्धनसँग चुनावी तालमेल गरेको थियो ।

योसँगै राप्रपाले झापा ५ बाहेक चार वटै क्षेत्रमा उम्मेदवार सिफारिस टुङ्ग्याएको छ ।प्रतिनिधिसभातर्फ झापा १ मा रमेश दाहाल र पुष्कर खतिवडाको नाम सिफारिस भएको छ भने २ मा भक्ति सिटौला, बसन्त रिमाल र शारदा रिजालको नाम सिफारिस भएको छ ।

त्यस्तै, झापा क्षेत्र नं ४ मा खुश्वु ओलीको एकल नाम सिफारिस भएको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिनुभयो । राप्रपाले प्रदेशसभा र समानुपातिकतर्फका उम्मेदवारहरूको पनि नाम सिफारिस गरिसकेको अध्यक्ष ओझाले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार