असार २९, २०८२ आइतबार July 13, 2025

कैलाली-५ मा यसपटक आरजु देउवासँग नारदमुनि रानालाई चुनाव लड्न कति सहज ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ४ मंसिरमा हुने संघीय निर्वाचनका लागि कैलाली-५ बाट उम्मेदवारका लागि एमालेले नारमुनि रानालाई एकल सिफारिस गरेको छ । वर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका रानाले २०७४ को निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्दै कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवालाई पराजित गरेका थिए ।

वाम गठबन्धनका साझा उम्मेदवार रानाले २०७४ को निर्वाचनमा आरजुभन्दा ४८ सय ८० मत ल्याएर विजयी भएका थिए । तर यसपटक नारदमुनिको चुनावी यात्रा २०७४ को भन्दा कठिन हुने देखिन्छ ।

यसपटक नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवदी, जसपा र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी प्रतिष्पर्धामा जाने सम्भावना बलियो बनेको छ । पाँच दलको साझा उम्मेदवारका रूपमा आरजु देउवा उम्मेदवार बन्ने पक्का जस्तै देखिन्छ ।
त्यसाे भएमा नारदमुनि रानालाई चुनाव जित्न कठिन हुन सक्दछ । स्थानीय तहको निर्वाचनमा कैलाली-५ बाट कांग्रेस,  माओवादी केन्द्र र एकीकृत समाजवादीको गरी ३२ हजार नाै सय ६० मत आएको छ । उक्त मत धनगढीका १९ वटै वडा र कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ को बाट आएको हो । तीनै वडाबाट एमालेले भने १७ हजार चार सय एक मत मात्रै पाएको छ । यसरी हेर्दा एमालेभन्दा गठबन्धन दोब्बर मतले अगाडि देखिनछ । यो मतान्तर घटाउनु नारदमुनि रानाका लागि निकै चुनौतीको विषय हुने छ ।

कैलालीमा यसपटक नागरिक उन्मुक्ति पार्टीको प्रभाव राम्रो बन्दै गएको छ । स्थानीय तहको निर्वाचनले पनि त्यसलाई पुष्टि गर्दछ । कैलाली-५ बाट यसपटक संघीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका प्रभावशाली नेता लक्ष्मण चौधरीले चुनाव लड्ने घोषणा नै गरिसकेका छन् ।

२०७४ को निर्वाचनमा जेलबाटै उम्मेदवारी दर्ता गराएर चुनाव लडेका लक्ष्मण थारुले ६ हजार ४ सय ६४ मत ल्याएर तेस्रो बढी भोट पाउने उम्मेदवार बनेका थिए । यसपटक उनी खुला रूपमा निर्वाचनमा होमिँदै छन् । गाउँटोलसम्म चुनावी अभियानसहित हिँडेका लक्ष्मण थारुले यसपटक पहिलाको भन्दा धेरै भोट ल्याउने आकलन गरिएको छ । लक्ष्मण थारुले अधिकांश भोट राना चौधरी समुदायबाट पाउने आकलन गर्न सकिन्छ ।

कैलाली-५ मा नारदमुनि रानाको जित्ने आधार पनि राना चौधरी समुदायको भोटलाई मान्छि । लक्ष्मण थारु पनि सोही समुदायबाट उम्मेदवार बन्दा भोट बाँडिने सम्भावना प्रबल रहन्छ । त्यसैले नारदमुनिका लागि लक्ष्मण चौधरी ठूलो चुनौती बन्ने छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलाली–५ मै पर्ने धनगढी उप महानगरपालिकामा यसपटक एमालेले निर्वाचित जनप्रतिनीधिको संख्या भने बढाएको छ ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा एमाले कमजाेर स्थिततिमा देखिएको थियो । २०७४ मा एमालले धनगढीका १९ वडामध्ये दुई वडा अध्यक्ष मात्रै जितेको थियो । तर यसपटक भने उपमेयरसहित ६ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादलाई नारमुनि रानाले फाइदाका रूपमा लिन सक्ने आकलन गरिएको छ । कांग्रेसले कारवाही गरेका पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बन्ने चर्चा छ । यदि ओझा स्वतन्त्र उम्मेदवार बनेको खण्डमा कांग्रेको मत विभाजन हुने देखिन्छ ।

त्यस्तो अवस्थामा एमालेको संगठित भोटसँगै राना थारु समुदायबाट बढी मत ल्याएर चुनाव जिच्न सक्ने नारदमुनिको दाउ हुन सक्दछ । तर पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बनेमा नारदमुनिले पाउने केही भोट पनि कटौती हुन सक्छ । त्यसैले यसपटकको चुनाव जित्न नारदमुनि रानालाई फलामको चिउरा चपाउनुसरह हुने देखिन्छ । रानाप्रति एमालेभित्रै पनि असन्तुष्टि देखिन थालेको छ । उनले असन्तुष्ट समूहलाई व्यवस्थापन गर्न नसकेमा सोचेअनुसारको भोट नआउन पनि सक्दछ ।
स्थानीय तहको निर्वाचनमा प्रमुख दलले पाएको मत यस्तो छ

कैलाली-५ अन्तर्गत धनगढी उपमहानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाको ६ र ९ नम्बर वडा पर्दछन् ।
स्थानीय तहको निर्वाचनमा वडास्तरमा पाएको मतका आधारमा नेपाली कांग्रेस ठूलो पार्टी बनेको छ । कांग्रेसले धनगढीका १९ वडाबाट २० हजार सात सय २२ मत तथा कैलारीका दुई वडाबाट २०५४ गरी २२ हजार ७७६ मत पाएको छ ।

त्यसैगरी एमालेले धनगढीका १९ वटै वडाबाट १५ हजार नाै सय ९३ तथा कैलारीका दुई वडाबाट १४ सय आठ मत गरी १७ हजार ४०१ मत पाएको छ ।

माओवादी केन्द्रले धनगढीका १९ वडाबाट आठ हजार १७५ मत पाएको छ । सत्ता घटक एकीकृत समाजवादीले  वडास्तरबाट दुई हजार नाै मत पाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार