असार २९, २०८२ आइतबार July 13, 2025

सङ्घीयता सहितको समावेशी मुद्दामा आफूहरू अडिग: जसपा अध्यक्ष यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शहीदहरूको शहादतबाट प्राप्त समावेशीता सहितको सङ्घीयताको मुद्दा संस्थागत गर्ने जिम्मा आफूहरूको काँधमा रहेको बताउनुभएको छ ।

अध्यक्ष यादवले २०७२ साल भदौ २५ गते “चलु जनकपुर भरु जनकपुर” कार्यक्रम अन्तर्गत शहादत भएका शहीदहरूको स्मरणमा जनकपुरधाममा निर्माण गरिएको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गर्दै सङ्घीयता तथा समावेशीता सहितको मुद्दाबाट पार्टी कुनै पनि हालतमा पछाडि नहटाउने बताउनुभयो ।

आन्दोलनको क्रममा शहादत भएका शहीदहरू सञ्जय चौधरी, दिलीप यादव र नितु यादव सहितका अन्य सहिदहरूको स्मृतिमा जनकपुरधाम उपमहानगरपालिकाले शहीद द्वारको निर्माण गरेको हो ।

जनता समाजवादी पार्टी नेपालका जनकपुरधाम उपमहानगर समितिका अध्यक्ष विष्णुदेवको साहको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा राजनीति समिति सदस्य लालकिशोर साह, केन्द्रिय सदस्य एवं प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव, प्रदेश सरकारको पूर्व आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादव, वडा अध्यक्ष पुण्यप्रताप यादव सहितका वक्ताहरूले सहिदहरूको सपना साकार गर्न आफूहरू लागिपरेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार