असार २९, २०८२ आइतबार July 13, 2025

सत्तागठबन्धनकाे बैठक विना निष्कर्ष टुंगियो : भोलि पुन: बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिट बाँडफाँडको बाँकी विषय टुंग्याउन बसेको सत्तारूढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक भोलि सोमबार पुनः बस्ने गरी सकिएको हो।

बैठकमा सिट बाँडफाँडसम्बन्धी कार्यदलले अहिलेसम्म गरेका कामको ब्रिफिङ भएको बैठकपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए। उनले भने, ‘कार्यदलले अहिलेसम्म गरेका कामहरूबारे रिपोर्टिङ भयो। कैयौँ कुरा मिलेको छ, केही कुरा मिलाउन बाँकी छ।’

कार्यदलले यसअघि कांग्रेस ६०, माओवादी १३, जसपा र एकीकृत समाजवादी आठ–आठ तथा राष्ट्रिय जनमोर्चाले पाउने एक सिटको टुंगो लगाइसकेको छ। अन्य ७५ सिटमा कार्यदल निर्णयविहीन बनेपछि शीर्ष नेतालाई जिम्मा दिइएको थियो।

शीर्ष तहबाट समेत बाँकी सिटका विषयमा सहमति हुन सकेको छैन। बाँकी विषयमा टुंगोमा पुग्ने गरी भोलि बिहान ८ बजे बैठक बस्ने निर्णय भएको सम्मानित नेता खनालले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार