असार २९, २०८२ आइतबार July 13, 2025

एकीकृत समाजवादीका केन्द्रीय सदस्य चापागाईं एमालेमै फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं एमालेमा फर्केका छन् ।एमालेका अध्यक्ष केपी ओलीले आफ्नो निवास बालकोटमा आइतबार चापागाईंलाई खादा लगाई पार्टीमा स्वागत गरे ।

रुपन्देहीको बुटवल निवासी चापागाईं पुराना पत्रकार हुन् । एमालेका पुराना कार्यकर्ता चापागाईं गत वर्ष पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए । एकीकृत समाजवादीका केन्द्रीय सदस्य चापागाईं उक्त पार्टीको अर्थ तथा योजना विभागको उपप्रमुख र रुपन्देही जिल्लाको निवर्तमान सहइन्चार्ज थिए ।

एमालेमै फर्केपछि डा।चापागाईंले नेपालको राजनीति एकातिर वामपन्थी, प्रगतिशील र अर्कोतर्फ दक्षिणपन्थी, पुँजीवादी गरी दुई ध्रुव विभाजित रहेको र वामपन्थी, प्रगतिशील धारको नेतृत्व एमाले र यसका अध्यक्ष केपी ओलीले मात्र गर्नसक्छन् भन्ने निष्कर्षका साथ आफू पुरानै पार्टीमा फर्किएको बताए ।

मुलुकले अग्रगमन र राजनीतिक स्थायित्व चाहिरहेको र त्यो एमालेले गर्नसक्छ भन्दै चापागाईंले एमालेलाई बलियो राजनीतिक शक्तिका रुपमा विकास गर्न पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार