असार २९, २०८२ आइतबार July 13, 2025

गठबन्धन तोड्ने पक्षमा कांग्रेस छैनः गृहमन्त्री खाँण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गृहमन्त्री बालकृष्ण खाँणले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचमा शान्ती सुरक्षा प्रदान गरी निष्पक्ष, स्वतन्त्र र भयरहित सम्पन्न गर्ने आफनो दायित्व रहेको बताउनु भएको छ ।

नेपाल तरुण दल काभ्रे गरेको बृहत तरुण भेलालाई सम्बोधन गर्दै उहाँले सरकार त्यसमा दृढ रहेका बताउनु भयो । कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका उहाँले गठबन्धन तोड्ने पक्षमा कांग्रेस नरहेको भन्दै कांग्रेस नेताहरुले सत्तारूढ गठबन्धनविरूद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताउनुभयो ।

गठबन्धनका उम्मेदवारको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको भन्दै उहाँले गठबन्धन बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रकुमार यादव, केन्द्रीय सदस्य रमा कोइराला, केन्द्रीय सदस्य मधु आचार्य, केन्द्रीय सदस्य गणेश लामा, बाग्मति प्रदेश महामन्त्री कन्चन चन्द्र बादे, काभ्रे जिल्ला सभापति तिर्थ लामा, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, बाग्मती प्रदेश कार्यसमिति सदस्य गुमानसिं तामाङ, तरुण दल प्रदेश कार्यसमितिका सभापति गोर्खा लामा लगायतले आसन्न निर्वाचनमा काभ्रेका दुवै क्षेत्रमा कांग्रेसलाई जिताउन सबै एकजुट हुन भएर लाग्न आवस्यक भएको बताए ।

भुम्लु गाउँपालिकाका उपाध्यक्ष समेत रहनुभएका नेपाल तरुण दल काभ्रेका अध्यक्ष दावा लामाको सभापतित्व रहेको भेलाले कार्यवाहक सभापतिको जिम्मेवारी सुजन लामालाई दिएको छ ।

कार्यक्रममा एमाले निकट युवा संघ बनेपाका उपाध्यक्ष लगायत दर्जनौं युवाले तरुण दलको सदस्यता लिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार